पाएदेखि ऐश्वर्य रायलाई विवाह गर्थें

प्रस्तुतीः राजन घिमिरे


तपाईको श्रीमतीको के छ खबर ?

कुन चाहिँ भन्नु भएको ?

तपाईका श्रीमती धेरै छन् कि क्या हो ?

कुरा त्यसो होइन । घरमा एउटी अनि तीतो सत्यमा एउटी । मेरा दुइवटी श्रीमती छन् । त्यसैले मैले नै सोधेको हो कुन चाहिँ श्रीमतीको भनेर ।

उसो भए घरकै श्रीमतीको कुरा गरौं न त ?

छोराछोरी हुर्काएर बसिरहेकी छिन् र मेरो लामो उमेरको कामना गरिरहेकी होलिन् ।

अनि तीतो सत्यकी श्रीमतीको नि ?

तपाईसँग कुरा गरिरहँदा आज शुक्रबार हो । त्यसैले तितो सत्यकी मेरी श्रीमती शुक्रबार व्रत बस्छिन् । आज उनलाई भेटेको छैन । व्रतमा नै होलिन् ।

भनेपछि तपाईको लागि व्रत बसेकी होलिन् त ? तितो सत्यकी श्रीमतीले ?

अहिलेको जमनामा पनि अर्काको लागि कसले सोच्छ र ! धेरै मोटाएपछि डाइटिङ्ग गरेको रे । भगवानको नाममा शरीर घटाउने षडयन्त्र मान्छु म व्रतलाई ।

देशको प्रधानमन्त्री हुन पाउनु भयो भने के गर्नु हुन्थ्यो ?

अहिले त प्रधानमन्त्री हुनु छैन । किनकि कुनबेला सरकार ढल्छ थाहा नै हुँदैन ।

यतिबेला तपाईले चाहेको केटीसँग विवाह गर्न पाउनु भयो भने कसलाई गर्नु हुन्थ्यो ?

ऐश्वर्य रायलाई विवाह गर्थें । तर के गर्नु अमिताभ बच्चन र अभिषेकले मारिहाल्छन् नि ।

अर्काकी स्वास्नीमाथि आँखा त लगाउनु भएन नि ?

तपाईलाई थाहा छैन । सन्तान आफ्नो अनि श्रीमती अर्काको राम्रो ।

तपाईको जीवनको दिक्कलाग्दो क्षण ?

(लामो हाँसो) सोच्दै नसोचेको तपाईको प्रश्नको जवाफ दिनुपर्ला !

तपाईको बारेमा तपाई आफैंले सुनेको वाहियात कुरा… ?

म सोझो, सज्जन र भलाद्मी मान्छे रे ! यस्तो वाहियात कुरा पनि गर्ने हो त ?

कसैलाई मार्ने छुट पाउनु भयो भने…?

धेरै छन् । तिनीहरुमा त पहिले टप टेन, त्यसपछि टप फाइभ अनि टप थ्री बाट पनि छानेर ‘टप वन’ भएपछि भनौला हुन्न र ?

तपाई निकै सेक्सी हुनुहुन्छ रे नि ?

मलाई मात्र थाहा भएको कुरा तपाईलाई कसले भन्यो ? भन्नुस् त ।

केटी पनि खुब घुमाउनु हुन्छ होइन त ?

घुमाउनै पर्‍यो नि, तर तीतो सत्य टेलिफिल्ममा मात्र ।

ओसामा बिन लादेनलाई भेट्टाउनु भयो भने तपाईको प्रतिक्रिया ?

एकपटक मेरो सिरियल ‘तीतो सत्य’ मा खेलिदिनुस् भनेर आग्रह गर्दथें ।

अनि भगवान महादेवलाई भेट्टाउनु भयो भने नि ?

के हो महादेव जी, आफू चाहिँ जहिले पनि गाँजा र भाङमा मस्त हुने अनि हाम्रो चाहिँ वास्तै नगर्ने भनिदिन्थें ।

तपाई देखेर रिस उठेको मान्छेले तपाईलाई कसरी बोलाउँछ ?

ए दीपके भनेर नाम नै अशुद्ध पारेर बोलाउँछ भन्या ।

रक्सी त खुबै खानु हुन्छ रे ?

तपाई मेरो जासुस हो कि क्या हो यार ! मेरी श्रीमतीले पठाएको । मेरी श्रीमतीलाई थाहा नभएको कुरा ठ्याक्क-ठ्याक्क भन्नुहुन्छ बा !

केटीलाई फकाउने दुईवटा आइडिया भन्नुस् न ?

म त्यो आइडिया पत्रिकामा भन्दिन ! फेरि सबैले थाहा पाए भने त म प\mलप भैहाल्छु नि । तपाई मलाई एक्लै भेट्नुस् म सुटुक्क भनौंला ।

तीतो सत्यमा कलाकारलाई पारिश्रमिकमा खुबै मार्नुहुन्छ रे नि हो ?

आम्मै, के भनेको होला । यो त आफैं त महादेव उत्तानो टाङ्ग कसले देला बर भने जस्तै हो ।

Source: onlinekhabar.com


Read more

कारको ठक्करबाट ६ जनाको मृत्यु


काठमाडौंको भोटाहिटिस्थित ‘सव वे’ नजिक नीजि कारको ठक्करबाट ६ जना भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत विहारको कसवामहेतीका धर्मनाथ सिन्हा, बिहार सीतामढिका मदन गुप्ता, कृष्णा देवी र सञ्जय गुप्ता तथा मोतिहारीका वीना सिन्हा रहेका छन् । अन्दाजी १७/१८ वर्षे एक युवकको भने सनाखत हुन सकेको छैन । गम्भीर घाइते सीतामढिका दीपक गुप्ताको बीर अस्पतालमा प्रारम्भीक उपचारपछि काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । विहान पौने एक बजेतिर अनियन्त्रित अबस्थामा गुडीरहेको बा ४ च ८०३० नम्बरको कारले सडक पेटिमा हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

उनीहरु बीर अस्पतालमा उपचार गराई फर्किरहेका थिए । लामो समयदेखि काठमाडौंको बाङ्गेमुढामा बस्दै आएका उनीहरु कस्मेटिक सामानको व्यापारी हुन् । घटनापछि कार चालक काठमाडौं खिचापोखरीका विप्लवमान सिंह फरार रहेका प्रहरीले जनाएको छ । कार भने ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको बिरोधमा स्थानीयवासी र मृतकका आफन्त प्रदर्शनमा उत्रिएका छन् । अहिले वीर अस्पताल, भोटाहिटि, शहिद गेट, सुन्धारा, रत्नपार्क र जमल क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीले बाटोमा टायर बालेर सवारी आवागमनमा रोक लगाएका छन् । प्रदर्शनमा उत्रिएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read more

माओवादी महाधिवेशन १५ माघमा


एकीकृत नेकपा माओवादीले यसै वर्षको माघ १५ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको प्रवक्ता दिनानाथ शर्माले बताए ।

माओवादी र्सार्वजनिक राजनीतिमा आएपछि पहिलोपटक महाधिवेशनमा जान लागेको हो । यसलाई उसको आन्तरिक लोकतान्त्रिक अभ्यासमा जाने निर्णयका रुपमा लिइएको छ ।

माओवादीले पार्टीभित्र सुविधाभोगी प्रवृत्ति बढेको भन्दै नेता कार्यकर्ताका लागि १५ बुंदे आचारसंहिता पारित गरेको छ । आचारसंहितामा बस्ने, हिड्ने र लिने सुविधाको अधिकतम मापदण्ड तोकिएको शर्माले बताए । माओवादीभित्र नेताहरु सुविधाभोगी भएको भन्दै आलोचना भइरहदा पछिल्लो निर्णय भएको हो । माओवादीले १३८ केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको छ । पद विभाजन पनि टुंगो लगाइएको छ । जअनुसार अध्यक्षमा प्रचण्ड, उपाध्यक्षमा मोहन वैद्य किरण, डा.बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिवमा रामबहादुर थापा बादल र सचिवद्वयमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी तोकिएका छन् ।

झण्डै एक महिना चलेको बैठक आज सकिएको हो । भोलि पत्रकार सम्मेलन गरी केन्द्रीय समितिको निर्णय र्सार्वजनिक गरिने बताइएको छ ।

Read more

सेक्सीलाई प्रतिशतमा हिसाब नगरौं


नेपाली सिने जगतकी चर्चित नायीका करिश्मा मानन्धर केहीबर्षदेखि अमेरिका वस्दै आएकी छन् । नायीकाबाट निर्मात्री बनेकी उनी नराम्रोसंग घाटा खाएपछि अमेरिका हानीएकी हुन् । हाल नेपालमा रहेकी करिश्मासंग राजन घिमिरेले गरेको अनौपचारिक कुराकानीको संक्षेप:

करिश्मा अब नेपालमा नै बस्ने कि अमेरिकामा ?

अब दुवैतिर हुन्छु । तर, पहिले जस्तो लामो समयसम्म चाहिं अमेरिकामा बस्दिन ।

कसरी आयो नि यस्तो सोच ?

नेपाली सिनेमा, कलाकार र परिवारलाई बिर्सन सकिन ।

अमेरिकाबाट पैसा कमाउन पुगेर त होइन नि ?

आम्मै ! कस्तो कुरा गरेको ? पैसाले कसलाई पो पुगेको छ र भन्या । पैसाले पुगेर होइन, विशुद्ध रुपमा पारिवारिक कारण ।

आउनासाथ फिल्म पनि खेली हाल्नु भयो नि ?

अमेरिकाबाट नेपाल र्फकनासाथ फिल्म खेल्ने सोच त थिएन । तर, सिनेकर्मीहरुको प्रस्तावलाई मैले नकार्न सकिन ।

तपाईको बारेमा दर्शकले थाहा नपाएका तीन कुरा ?

म खाना पकाउन रुचाउँछु, सुत्न मन पराउँछु र आफ्नो कपडा आफै धुन्छु ।

मानौं, तपाईलाई एक दिन जे गर्न पनि छुट दिइयो भने के गर्नु हुन्थ्यो ?

धेरै कुरा गर्नु छ । त्यसैले यसको जवाफ त सोचेर नै भन्छु ।

एकजनालाई लिएर चन्द्रमामा जान पाउनु भयो भने कसलाई लानुहुन्थ्यो ?

यो त झगडा गराउने प्रश्न भयो । मसँग एउटी छोरी र एउटा श्रीमान् छन् । दुई मध्ये एकलाई लिएर जाँदा अर्को रिसाउने भयो नि । त्यसैले कि म मात्र जान्छु कि त दुवैलाई लिएर जान पाउनु पर्छ ।

तपाईले अहिलेसम्म कतै कहिं नभनेको सत्य ?

त्यो सस्पेन्स नै राखौं । कतै पनि नभनेको कुरा तपाईलाई किन भनौं ?

चलचित्रको बारेमा तपाईले सुनेको वाहियात कुरा ?

सिनेमा खेल्ने आशमा नायिकाहरुले निर्माता वा निर्देशकको ओछ्यान तताउनु पर्छ रे ! वाहियात हल्ला ।

भगवानसँग केही सोध्ने अवसर पाउनु भयो भने …….. ?

भनिन्छ ! हिन्दुहरुको धेरै भगवान छन् । यत्तिका भगवान भएको देशमा किन धेरै अपराध, हत्या अनि हिंसा ? भनेर सोध्थेँ ।

तपाई आफूलाई कति प्रतिशत सेक्सी मान्नु हुन्छ ?

सेक्स र सेक्सीलाई प्रतिशतमा हिसाब नगरौं ।

लोग्ने मान्छेको मन नपर्ने पाँच कुरा ?

सर-सफाईमा ध्यान दिंदैनन् । केटीको अगाडि धेरै खर्च गरेर खोक्रो सान देखाउन खोज्छन् । जिम्मेवारी बहन गर्न नसक्ने । देखावटी गर्छन् । केटीभन्दा बढी शंकालु हुन्छन् ।

एक्लै हुनुको तीन फाइदा ?

शान्ति हुन्छ । आˆनो निर्णयमा अरुको हस्तक्षेप हुँदैन र घर फोहोर हुँदैन ।

अनलाइन खवर डटकमवाट साभार गरिएको

Read more

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, चार नेपालीसहित सोह्र को मृत्यु


अफगानिस्तानको कान्दाहरमा एक निजी हेलिकोप्टर दुर्घटना हुँदा चार नेपालीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । कान्दाहर एयर फिल्डमा कार्यरत साधुराम थापाका अनुसार हेलिकोप्टर दुर्घटनामा चार नेपालीको पुष्टि भएपनि उनीहरुको नाम ठेगाना खुल्न सकेको छैन । दुई जना नेपाली भने हाम फालेर ज्यान जोगाउन सफल भएका थापाले बताए । दुर्घटनामा परेका नेपाली सबै सुपि्रम फ्युल कम्पनीका कामदार हुन् । उनीहरु एक महिना अघिमात्र सो कम्पनीमा काम गर्न गएका थिए ।रुसमा निर्मित एमआई-८ हेलिकोप्टर कान्दाहरस्थित एक शिविरबाट उडान भर्न लाग्दा दुर्घटना भएको थियो ।
Read more

पारसलाई अपहरण गर्ने माओवादी योजना


तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरवार हत्याकाण्डबारे बयान लिने- यो योजना थियो माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता लिएको बेला । सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ २०६० मा भङ्ग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाही फेरि सुरु गरेको थियो । राज्यलाई गम्भीर धक्का दिन माओवादीले पारसलाई अपहरण गरेर दरवार हत्याकाण्डबारे बयान लिने र तत्कालीन प्रधानसेनापति प्याराजङ्ग थापाको ‘सफाया’ गर्ने योजना बनाएको थियो ।
त्यही योजनाको पूर्वअभ्यासका क्रममा मारिए बरिष्ठ सैनिक अधिकारी किरण बस्नेत । तर, त्यहीबेला ‘स्पेसल टास्क फोर्स’ का एक सदस्य पक्राउ परेपछि माओवादी योजना सेनाले थाहा पायो । त्यसैले पारसको अपहरण पनि भएन, तत्कालीन प्रधानसेनापतिमाथिको ‘कारबाही’ पनि भएन ।
तत्कालीन प्रधानसेनापति थापामाथि उनको सरकारी निवास शशीभवन झम्सीखेलदेखि प्रधान कार्यालय भद्रकालीसम्म जाँदा वा फर्कंदा पुलचोकस्थित मन्त्री निवास आसपासको क्षेत्रमा कारबाही गर्ने योजना बनेको थियो । तर, माओवादीको उपत्यका ‘स्पेसल टास्क फोर्स’ (एसटिएफ)ले सेनापतिमाथि कारबम आक्रमण गर्नेसम्मको योजना बनाएको थियो । ‘तर तयारीमा रहेको कार ग्यारेजमा समातियो,’ माओवादीका तत्कालीन उपत्यका इन्चार्ज कुमार दाहाल भन्छन् ।
दाहालका अनुसार माओवादीले पारसको अपहरण र सैनिक अधिकारीमाथि कमान्डो कारबाही गर्न ५० जनाको ‘भ्याली स्पेसल टास्क फोर्स’ बनाएको थियो, जसका कमान्डर थिए निश्चल नकर्मी । टास्क फोर्सका ‘मोबाइल’ छापामार खटिन्थे पारसको निगरानी गर्न । यीमध्ये केही गुप्तचरीमा थिए, कोही योजना कार्यान्वयन गर्न ।
‘पारसलाई उनी जाने होटल वा डिस्कोबाट अपहरण गर्ने योजना थियो,’ टास्कफोर्सका एक सदस्यले भने । माओवादी कार्यकर्ता व्यापारीको भेषमा दरबारमार्ग र ठमेलका होटेलहरुमा बस्थे । यसरी बस्दा पारसको दैनिकी जान्न सकिने उनीहरुको विश्वास थियो । टास्क फोर्सले महिनौंसम्म दरबारमार्ग र ठमेलका केही होटेलमा कोठा बुकिङ गरेर पारसको पिछा गरेको थियो । ‘पारसले खाने ठाउँमा हाम्रो टोली पनि पुग्थ्यो, नजिकै बसेर उनको चियो गर्‍थ्यो,’ माओवादीका तत्कालीन उपत्यका इन्चार्ज दाहाल भन्छन्, ‘हामी उनको निकै नजिक पुगेका थियौं । आवश्यकताअनुसार जतिवेला पनि अपहरण गर्नसक्ने अवस्था बनिसकेको थियो ।’
योजना कार्यान्वयनका लागि उपत्यकामा क्रियाशील माओवादी कार्यकर्ता पनि परिचालित थिए । त्यसबेला माओवादीको काठमाडौंमा पवनमान श्रेष्ठ, ललितपुरमा कृष्ण केसी र भक्तपुरमा दिलीप प्रजापति पार्टीको इञ्चार्ज थिए । त्यतिबेला उपत्यकासमेत हेर्ने मध्यकमान्डको इन्चार्ज थिए रामबहादुर थापा ‘बादल’ । त्यस्तै उपत्यकाब्युरो इन्चार्ज थिए दाहाल र उपत्यकासहितको आसपासको क्षेत्र हेर्ने जिम्मा पाएका थिए- कुलप्रसाद केसी ‘सोनाम’ले ।
पारसलाई समात्ने र आधार इलाका (रोल्पा) पुर्‍याउने योजना थियो माओवादीको । ‘उनलाई कुनै पनि हालतमा जिउँदै राख्ने भन्ने थियो,’ तत्कालीन ललितपुर इन्चार्ज कृष्ण केसीले भन्छन्, ‘उनलाई आधार इलाका पुर्‍याउने टिम पनि बनिसकेको थियो,’आज प्रकाशित नयाँ पत्रिका दैनिकले छापेको छ ।
अपहरण योजनामा संलग्न भक्तपुरका सेक्रेटरी बिके श्रेष्ठ, सहसेक्रेटरी रञ्जित, ललितपुरका सेक्रेटरी हीराबहादुर रोकासहित टास्क फोर्सका सदस्यहरु सुचेन्द्र श्रेष्ठ, बुद्धि तामाङ, भीम गिरीलगायत वेपत्ता पारिए । ललितपुरका तत्कालीन इन्चार्ज कृष्ण केसी भने २७ महिनाको वेपत्तापछि रिहा भए । त्यतिबेला पक्राउ गरी भैरबनाथ गणमा राखिएका माओवादी कार्यकर्ताहरुको अझैपनि अत्तोपत्तो छैन ।
Read more

धादिङमा बस दुर्घटना, दुईको मृत्यु


त्रिभुबन राजपथ अन्तर्गत धादिङको नौबिसेमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ४०९४ नम्बरको बस विहान ४ बजे नौबिसे-२ बाहुनडाँडामा सडकबाट असी मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा मृत्यु हुनेमा रुपन्देही मणिग्रामका थानेश्वर पाण्डे र अर्का अन्दाजी ४० बर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।दुर्घटनामा अन्य ३२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको काठमाडौंको बीर अस्पतालमा उपचार भइरहेको छ ।
Read more

एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपालको लगातार तेस्रो जीत


मलेसियामा जारी एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो विजय यात्रा जारी राखेको छ । लगातार तेस्रो जीत हात पार्दै नेपालले कतारलाई आठ वीकेटले हराएको छ । जीत सँगै नेपालको सेमीफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । ४४ रनको झीनो लक्ष पछ्याएको नेपालले ९ दशमलव १ ओभरमा मात्र दुई वीकेट गुमाएर जीत दर्ता गरेको हो । नेपालको जीतमा नीरा राजोपाध्यायले १८, माया रावतले ९ र नेरी थापाले अविजित ६ रनको योगदान दिइन् । यसअघि किन्नरा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ् गरेको कतार १७ दशमलव २ ओभरमा मात्र ४३ रनमा समेटियो । कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सोनु खड्का र रेखा रावलले ३/३ तथा रीतु कनौजिया र रुविना क्षेत्रीले १/१ विकेट लिए । खड्का प्लेयर अफ द म्याच भइन् । कतारका दुई ब्याट्स वुमन रन आउट भएका थिए । लगातार तेस्रो हार व्यहोरेको कतार प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको आफ्नो चौथो खेलमा नेपालले मङ्गलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

Read more

अवको बजेटले केलाई समेटने


राजन घिमिरे rajangh12@yahoo.com

अव आउदो बजेट राजनीतिक दलमूखी नभएर जनतामूखी हुनु आवश्यक छ । यस भन्दा अघिका वजेटका राम्रा Justify Fullपक्षलाई समावेश गरी नराम्रा पक्षलाई हटाई जनता केन्द्रीत वजेट आउनु पर्दछ । हाम्रो देशको बजेट महत्वकाक्षी वनाइन्छ त्यो वजेट कार्यान्वयन गर्न नसक्दा वजेट पि्रुज भएर जान्छ । यसले गर्दा जनताले वजेटबाट खासै उपलब्धी प्राप्त गर्न सकेका छैनन् । बजेट एउटा औपचारीकतामा मात्र सिमित भएको छ । वजेट अनुसार प्रायः कुनै काम हुदैनन् राजनीतिक दल र उनीहरुका भातृ संगठनहरुले विभिन्न वहानामा ठेक्का पट्टाका काममा धेरै वजेट दुरुपयोग गरेको पाइन्छ । यसले जनतालाई सरकारको बजेटप्रति निरासा उत्पन्न गराएको छ । यो पक्कै राम्रो होइन अव वन्ने वजेट यस्ता कमजोरीहरुवाट अलग रही साचो रुपमा जनताको वजेट वन्नु आवश्यक छ । भ्रखर आएको एस।एल।सी। को नतिजावाट पनि थाहा हुन्छ वोडिङ्ग स्कुलको तुलनामा सरकारी स्कुलको नतिजा सन्तोषजनक छैन । त्यसैले पनि सरकारले यस पटको वजेट शिक्षामुखी वनाउनु आवश्यक छ । शिक्षामा गरिएको लगानिले देशलाई भविष्यमा विकासको वाटोमा अग्रसर गराउछ । साथै देशका निम्न तथा मध्यमवर्गिय जनताका छोराछोरीले पढने प्रमाणपत्र तह त्रिभुवन विश्वविद्यालयले फेज आउट गर्ने नीति लिएको छ । बजेट अभावको कारण देखाउदै गर्न लागिएको यस कदमले लाखौ विद्यार्थीहरु मर्कामा पर्ने निश्चित नै छ । त्यसकारण अवको बजेटमा त्रि।वि।sाे प्रमाणपत्र तह वचाई राख्नको लागि केही वजेट छुट्याइनु आवश्यक छ ।
देशमा वेरोजगरी समस्या वढदो छ केही समय अगाडि युवा स्वरोजगार कार्यक्रमा आवेदन भर्नेहरुको लाम देख्दा पनि यस्को पुष्टि हुन्छ । सरकारले युवा स्वरोजगार कार्यक्रमलाई राजनीतिक कार्यक्रता पोस्ने हिसावमा नभै साच्चै वेरोजगार र केही गर्नु पर्छ भन्ने विचार भएका युवाहरुलाई उचीत अवसर दिनेगरी वजेट आउनुपर्दछ । रेमिट्यान्स पनि देशको अर्थतन्त्रको मूख्य स्रोत हो तर युवाहरु उचीत सिपको अभावमा विदेश जानाले त्यहु गएर उनिहरुको विभिन्न किसिमको समस्याहरु झेलिरहेका हुन्छन् । त्यसैले अव आउने वजेटमा विदेशिने युवाहरुलाई विभिन्न रोजगारमुलक तालिमहरु दिई उनीहरुलाई आत्म निर्भर गराउने कुरा समेटिनु आवश्यक छ ।
नेपाल कृषि प्रधान मुलुक भनिएतापनि अिधंकाश किषानहरुलाई वर्षभरि खान पुग्ने अन्न उव्जाउ गर्न पनि गाह्रो छ । नेपालका प्रायः किषानहरु परम्परागत कृर्षिप्रणालीमा निर्भर छन् । उनीहरुलाई आधुनिक र बैज्ञानिक कृर्षिप्रणालीबाट खेति गर्नको लागि सरकारले यथासिघ्र सहयोग गर्नु आवश्यक छ । त्यसको लागि अव आउने वजेटको केही हिस्सा कृषिलाई समेटेर ल्याइनु टडकारो आवश्यकता देखिन्छ । यसो गर्न सकिएमा जनताले अवको वजेटलाई राम्रो र हाम्रो बजेट भन्न सक्नेछन् ।


Read more

२४ दलको बैठक आज बस्ने

आज बिहान ११ बजे संसदमा जारी गतिरोध अन्त्यको उपाय खोज्न संबिधान सभाका २४ वटा दलहरुको संयुक्त बैठक आज बस्दैछ । सत्ताको नेतृत्व गरेको नेकपा एमालेको आह्ावानमा हुन लागेको बैठक अपरान्ह ४ बजे िसंहदरबारमा बस्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले सेनापतीलाई पुर्नबहाली गरेको घटनाले नागरिक सर्वोच्चताको उल्लंघन भएको भन्दै सरकारको नेतृत्व छोडेको एकिकृत नेकपा माओबादीले सदन चल्न दिएको छैन । सदन सुचारु गर्ने बिषयमा एमाले र माओबादीका बिचमा सहमती भए पनि काँग्रेसको अडानका कारण सफल हुन सकेको छैन । बैठकमा हिउदे अधिबेशनको अन्त्य र बजेट अधिबेशनका बारेमा सदन सुचारु गर्ने बिषयमा प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस सभापती गिरिजाप्रसाद कोइरालाबिच पनि छलफल हुँदैछ । कोइरालासंग छलफल गर्न प्रधानमन्त्री नेपाल उहाँको निवासमा हुनुहुन्छ ।
आज संसद दिवस बिभिन्न कार्यक्रमको आयेाजना गरेर मनाइदैछ । २०१६ साल असार १६ गते पहिलो पटक संसद बैठक बसेको दिनको स्मरणमा हरेक बर्ष येा दिवश मनाउने गरिएको छ । संसद दिवशको उपलक्ष्यमा पुर्व सांसद क्लवले दिउसो कार्यक्रमको आयेाजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री संबिधान सभाका अध्यक्ष संबैधानिक निकायका प्रमुख तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहने बताइएको छ ।sार्यक्रम दिउसो ३ बजे हुने क्लवले जनाएको छ । संसद दिवश मनाइरहँदा ब्यवस्थापिका संसदको बैठक भने अवरुद्ध रहेको छ ।सदनलाई लामो समय चल्न नदिएकोमा संबिधानबिद्हरुले दलहरुले सदनको अवमुल्यन गरेको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सभापती गिरिजाप्रसाद कोइराला र अमेरिकी राजदुत न्यान्सी जे पावेलबिच बिहान भेटवार्ता भएको छ । कोइरालालाई भेट्न राजदुत उहाँकोनिवासमा जानु भएको हो । उहाँहरुबिच नेपालको समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको छ । राजदुतले शान्ति प्रकि्रया र संबिधान निर्माणका बारेमा उहाँले जिज्ञासा राख्नु भएको कोइरालाका परराष्ट्र मामला सल्लाहकार डाक्टर सुरेश चालिसेले जानकारी दिनु भएको हो । पावेलले आफु छिट्टै स्वेदेश फर्कने बारे पनि जाकारी दिनु भएको छ ।
Read more

एसएलसी परीक्षाफल प्रकाशित, ६८ प्रतिशत उर्तिण

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको प्रवेशिका (एसएलसी) परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।यस बर्षको एसएलसी परीक्षमा नियमित तर्फ ६८ प्रतिशत र एक्जाम्टेडतर्फ ४७ प्रतिशत परीक्षार्थी उर्तिण भएका छन् । यसबर्षको एसएलसी परीक्षामा ५ नम्वर ग्रेस मार्क दिइएको थियो ।
यस वर्षको परीक्षामा नियमिततर्फ तीन लाख ४४ हजार १ सय ५१ जना र एक्जाम्टेडतर्फ ४७ हजार ५ सय ५२ जना गरी कुल ३ लाख ९१ हजार ७ सय ३ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले बताउनुभयो ।
Read more

माओवादी वैठक स्थगित


पोलिटव्युरो सदस्यहरुले बोल्ने क्रम शनिवार सकिएपछि आजको बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरुले उठाएका प्रश्नको जवाफ आज दिने कार्यक्रम थियो ।बरिष्ठ नेता मोहन वैद्य किरणले राखेको जनविद्रोहको कार्यनीति कार्यान्वयन गर्नुपर्ने प्रस्ताव र अध्यक्ष प्रचण्डको प्रस्ताव मिलाएर परिमार्जित धारणा ल्याउनुपर्ने भएकोले बैठक स्थगित गरिएको स्रोतले जानकारी दिएको छ ।' वर्तमान परिस्थिति र सर्वहारा वर्गको दायित्व’ विषयक राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई समेटेर प्रचण्डले आफ्नो प्रतिवेदन परिमार्जन गर्ने बताइएको छ ।अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा शान्तिपूर्ण संघर्षबाट राष्ट्रपतिको कदम सच्याएर आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरिएको छ ।
Read more

प्रधानमन्त्री-प्रधानसेनापती भेट


शुक्रवार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटन जादै प्रधानसेनापती रुकमाङ्गत कटुवाल ।
Read more

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति


प्रधानमन्त्रीमाधव कुमार नेपालले तोकिएको मापदण्ड पुरा गरेर योग्य ठहरीएका वढीमा पाच हजार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री नेपालले हिजो मात्रै योग्य ५ हजार माओवादी लडाकुलाई सेनामा समायोजन गर्न सकनिे वताउनु भएको थियो । आज बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले ५ हजार माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने प्रधानमन्त्री नेपालको भनाईप्रति आपत्ति जनाएको हो ।
साथै वैठकले प्रधानमन्त्री नेपालले दलहरु वीचको सहमतिलाई लत्ताएर सो अभिव्यक्ति दिनु भएको ठहर गरेकेा छ । बैठकमा वोल्ने अधिकाशं कांग्रेस सभासदहरुले दलहरु वीच सहमति नै नगरी प्रधानमन्त्री एक्लैले ५ हजार लडाकुलाई सेनामा समायोजन गर्छु भननु त्यो व्यक्तिगत धारणा हुन सक्ने निष्कष्र्न निकालेका थिए ।
Read more

उप नेतामा प्रकाशमान िसंह


नेपाली काग्रेसको संसदिय दलको उपनेतामा प्रकाशमान िसंह मनोनयन भएका छन् । विहिवार काग्रेस संसदिय दलको कार्यालय िसंहदरवारमा वसेको बैठकले सिंहलाई उपनेता बनाउने नेता रामचन्द्र पौडेलको प्रस्तावलाई समर्थन गरेको थियो । सिंह पार्टीको उपसभापति हुन् तथा केही दिनअघि भएको संसदीय दलको नेताको चुनावमा सिंह पौडेल पक्षमा लागेका थिए।
Read more

नेपाल विद्युत प्राधिकरणको काण्माण्डौको लोडसेडिङ्ग तालिका

Read more

प्रहरीद्धारा ख्यातिको टाउको फेला


अपहरणपछि टुक्रा टुक्रा पारि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठको टाउको प्रहरीले फेला पारेको छ । जेष्ठ २द्द गते अपहरणमा परेकी श्रेष्ठको टाउको आज विहान राजधमनीको रानीवनमा फेला परेको प्रहरीले जनाएको छ । श्रेष्ठको हत्यामा संलग्न वीरेन्द्र श्रेष्ठले दिएको वयानका आधारमा प्रहरीले ख्यातीको टाउको फेला पारेकेा हो । श्रेष्ठले ख्यातीको अपहरण पछि वलात्कार गरी हत्या गरेको र तयसपछि मृतक श्रेष्ठको शवलाई टुक्रा टुक्रा पारी चितवन र ललितपुरका विभिन्न सथानमा फालेको स्विकार गरेका छन् ।

यसैविच घटनामा आरोपति १७ वािर्षाया मेरिना शाक्यको घरवाट प्रहरीले रकम वरामद गरेको जनाएको छ । प्रहरीका अनुसार सो रकम फिरौतीवापत उठाइएको हुन सक्ने संभावना छ । स्रोतका अनुासार प्रहरीले करिव ४ लाख रकम वरामद गरेको छ ।उता १० विद्यार्थी संगठनको आज वसेको वैठकले राजधानीका शैक्षिक संस्थामा अपराधिक घटना वढदै गएकोमा चिन्ता ब्यक्त गर्दै अपराधिलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।
Read more

पोलिटव्यूरो बैठक आज सातौ दिन पनि जारी


सरकार छाडेर प्रतिपक्षको भूमिका खेलेको एकिकृत नेकपा माओवादीको पोलिटव्यूरो बैठक आज सातौ दिन पनि जारी छ । राजधानीको कोटेश्वरमा स्थित मजदुर भवनमा आज मध्यन्हवाट शुरु भएको वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल भैरहेकेा छ । वैठकमा प्रस्तुत पार्टी अध्यक्ष प्रचण्डको सो प्रतिवेदन माथि पोलिटव्युरो सदस्यहरुले धारणा राख्ने क्रम वाकी रहेकाले जानरी वैठक लम्विएको माओवादी स्रोतले जनाएको छ । वैठकमा प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्ने अिधंकाश सदस्यहरुले पार्टीले जनमुखि संविधान र राष्ट्रिय संघियताको लागि आन्दोलन गर्नु पर्नेमा जोड दिएको बुझिएको छ । साथै वैठकमा सरकारवाट वाहिरिएपछि पार्टीले खेल्नुपर्ने भूमिका शान्ति प्रकृया राष्ट्रपतिको असंवैधानिक कदम लगायतका विषयमा पनि छलफल भैरहेको बुझिएको छ ।
Read more

मानव खप्पर र मृत मानिसका विभिन्न दृष्यहरु












































































































































































Read more

काग्रेस केन्द्रीय समितिको बैठक बस्यो


पार्टी महाधिबेशनको तयारीका बिषयमा छलफल गर्न नेपाली काङग्रेस केन्द्रीय समितिको बैठक अहिले बसीरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान साढे आठ बजेदेखि जारी बैठकमा पार्टी महाधिबेशनको तयारीका बिषयमा छलफल हुने एक नेताले वताउनु भयो । पार्टी महाधिबेशन भदौमै गर्नुपर्ने भएपनि नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस -प्रजातान्त्रिक बीचको पार्टी एकीकरण पछि पार्टीको बिधान तयार नभएकोले महाधिबेशन हुन सकिरहेको छैन ।
Read more