


मलेसियामा जारी एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो विजय यात्रा जारी राखेको छ । लगातार तेस्रो जीत हात पार्दै नेपालले कतारलाई आठ वीकेटले हराएको छ । जीत सँगै नेपालको सेमीफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । ४४ रनको झीनो लक्ष पछ्याएको नेपालले ९ दशमलव १ ओभरमा मात्र दुई वीकेट गुमाएर जीत दर्ता गरेको हो । नेपालको जीतमा नीरा राजोपाध्यायले १८, माया रावतले ९ र नेरी थापाले अविजित ६ रनको योगदान दिइन् । यसअघि किन्नरा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ् गरेको कतार १७ दशमलव २ ओभरमा मात्र ४३ रनमा समेटियो । कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सोनु खड्का र रेखा रावलले ३/३ तथा रीतु कनौजिया र रुविना क्षेत्रीले १/१ विकेट लिए । खड्का प्लेयर अफ द म्याच भइन् । कतारका दुई ब्याट्स वुमन रन आउट भएका थिए । लगातार तेस्रो हार व्यहोरेको कतार प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको आफ्नो चौथो खेलमा नेपालले मङ्गलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

अव आउदो बजेट राजनीतिक दलमूखी नभएर जनतामूखी हुनु आवश्यक छ । यस भन्दा अघिका वजेटका राम्रा
पक्षलाई समावेश गरी नराम्रा पक्षलाई हटाई जनता केन्द्रीत वजेट आउनु पर्दछ । हाम्रो देशको बजेट महत्वकाक्षी वनाइन्छ त्यो वजेट कार्यान्वयन गर्न नसक्दा वजेट पि्रुज भएर जान्छ । यसले गर्दा जनताले वजेटबाट खासै उपलब्धी प्राप्त गर्न सकेका छैनन् । बजेट एउटा औपचारीकतामा मात्र सिमित भएको छ । वजेट अनुसार प्रायः कुनै काम हुदैनन् राजनीतिक दल र उनीहरुका भातृ संगठनहरुले विभिन्न वहानामा ठेक्का पट्टाका काममा धेरै वजेट दुरुपयोग गरेको पाइन्छ । यसले जनतालाई सरकारको बजेटप्रति निरासा उत्पन्न गराएको छ । यो पक्कै राम्रो होइन अव वन्ने वजेट यस्ता कमजोरीहरुवाट अलग रही साचो रुपमा जनताको वजेट वन्नु आवश्यक छ । भ्रखर आएको एस।एल।सी। को नतिजावाट पनि थाहा हुन्छ वोडिङ्ग स्कुलको तुलनामा सरकारी स्कुलको नतिजा सन्तोषजनक छैन । त्यसैले पनि सरकारले यस पटको वजेट शिक्षामुखी वनाउनु आवश्यक छ । शिक्षामा गरिएको लगानिले देशलाई भविष्यमा विकासको वाटोमा अग्रसर गराउछ । साथै देशका निम्न तथा मध्यमवर्गिय जनताका छोराछोरीले पढने प्रमाणपत्र तह त्रिभुवन विश्वविद्यालयले फेज आउट गर्ने नीति लिएको छ । बजेट अभावको कारण देखाउदै गर्न लागिएको यस कदमले लाखौ विद्यार्थीहरु मर्कामा पर्ने निश्चित नै छ । त्यसकारण अवको बजेटमा त्रि।वि।sाे प्रमाणपत्र तह वचाई राख्नको लागि केही वजेट छुट्याइनु आवश्यक छ ।देशमा वेरोजगरी समस्या वढदो छ केही समय अगाडि युवा स्वरोजगार कार्यक्रमा आवेदन भर्नेहरुको लाम देख्दा पनि यस्को पुष्टि हुन्छ । सरकारले युवा स्वरोजगार कार्यक्रमलाई राजनीतिक कार्यक्रता पोस्ने हिसावमा नभै साच्चै वेरोजगार र केही गर्नु पर्छ भन्ने विचार भएका युवाहरुलाई उचीत अवसर दिनेगरी वजेट आउनुपर्दछ । रेमिट्यान्स पनि देशको अर्थतन्त्रको मूख्य स्रोत हो तर युवाहरु उचीत सिपको अभावमा विदेश जानाले त्यहु गएर उनिहरुको विभिन्न किसिमको समस्याहरु झेलिरहेका हुन्छन् । त्यसैले अव आउने वजेटमा विदेशिने युवाहरुलाई विभिन्न रोजगारमुलक तालिमहरु दिई उनीहरुलाई आत्म निर्भर गराउने कुरा समेटिनु आवश्यक छ ।
नेपाल कृषि प्रधान मुलुक भनिएतापनि अिधंकाश किषानहरुलाई वर्षभरि खान पुग्ने अन्न उव्जाउ गर्न पनि गाह्रो छ । नेपालका प्रायः किषानहरु परम्परागत कृर्षिप्रणालीमा निर्भर छन् । उनीहरुलाई आधुनिक र बैज्ञानिक कृर्षिप्रणालीबाट खेति गर्नको लागि सरकारले यथासिघ्र सहयोग गर्नु आवश्यक छ । त्यसको लागि अव आउने वजेटको केही हिस्सा कृषिलाई समेटेर ल्याइनु टडकारो आवश्यकता देखिन्छ । यसो गर्न सकिएमा जनताले अवको वजेटलाई राम्रो र हाम्रो बजेट भन्न सक्नेछन् ।
आज संसद दिवस बिभिन्न कार्यक्रमको आयेाजना गरेर मनाइदैछ । २०१६ साल असार १६ गते पहिलो पटक संसद बैठक बसेको दिनको स्मरणमा हरेक बर्ष येा दिवश मनाउने गरिएको छ । संसद दिवशको उपलक्ष्यमा पुर्व सांसद क्लवले दिउसो कार्यक्रमको आयेाजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री संबिधान सभाका अध्यक्ष संबैधानिक निकायका प्रमुख तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहने बताइएको छ ।sार्यक्रम दिउसो ३ बजे हुने क्लवले जनाएको छ । संसद दिवश मनाइरहँदा ब्यवस्थापिका संसदको बैठक भने अवरुद्ध रहेको छ ।सदनलाई लामो समय चल्न नदिएकोमा संबिधानबिद्हरुले दलहरुले सदनको अवमुल्यन गरेको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सभापती गिरिजाप्रसाद कोइराला र अमेरिकी राजदुत न्यान्सी जे पावेलबिच बिहान भेटवार्ता भएको छ । कोइरालालाई भेट्न राजदुत उहाँकोनिवासमा जानु भएको हो । उहाँहरुबिच नेपालको समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको छ । राजदुतले शान्ति प्रकि्रया र संबिधान निर्माणका बारेमा उहाँले जिज्ञासा राख्नु भएको कोइरालाका परराष्ट्र मामला सल्लाहकार डाक्टर सुरेश चालिसेले जानकारी दिनु भएको हो । पावेलले आफु छिट्टै स्वेदेश फर्कने बारे पनि जाकारी दिनु भएको छ ।
यस वर्षको परीक्षामा नियमिततर्फ तीन लाख ४४ हजार १ सय ५१ जना र एक्जाम्टेडतर्फ ४७ हजार ५ सय ५२ जना गरी कुल ३ लाख ९१ हजार ७ सय ३ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले बताउनुभयो ।
_svg.png)