पाएदेखि ऐश्वर्य रायलाई विवाह गर्थें

प्रस्तुतीः राजन घिमिरे


तपाईको श्रीमतीको के छ खबर ?

कुन चाहिँ भन्नु भएको ?

तपाईका श्रीमती धेरै छन् कि क्या हो ?

कुरा त्यसो होइन । घरमा एउटी अनि तीतो सत्यमा एउटी । मेरा दुइवटी श्रीमती छन् । त्यसैले मैले नै सोधेको हो कुन चाहिँ श्रीमतीको भनेर ।

उसो भए घरकै श्रीमतीको कुरा गरौं न त ?

छोराछोरी हुर्काएर बसिरहेकी छिन् र मेरो लामो उमेरको कामना गरिरहेकी होलिन् ।

अनि तीतो सत्यकी श्रीमतीको नि ?

तपाईसँग कुरा गरिरहँदा आज शुक्रबार हो । त्यसैले तितो सत्यकी मेरी श्रीमती शुक्रबार व्रत बस्छिन् । आज उनलाई भेटेको छैन । व्रतमा नै होलिन् ।

भनेपछि तपाईको लागि व्रत बसेकी होलिन् त ? तितो सत्यकी श्रीमतीले ?

अहिलेको जमनामा पनि अर्काको लागि कसले सोच्छ र ! धेरै मोटाएपछि डाइटिङ्ग गरेको रे । भगवानको नाममा शरीर घटाउने षडयन्त्र मान्छु म व्रतलाई ।

देशको प्रधानमन्त्री हुन पाउनु भयो भने के गर्नु हुन्थ्यो ?

अहिले त प्रधानमन्त्री हुनु छैन । किनकि कुनबेला सरकार ढल्छ थाहा नै हुँदैन ।

यतिबेला तपाईले चाहेको केटीसँग विवाह गर्न पाउनु भयो भने कसलाई गर्नु हुन्थ्यो ?

ऐश्वर्य रायलाई विवाह गर्थें । तर के गर्नु अमिताभ बच्चन र अभिषेकले मारिहाल्छन् नि ।

अर्काकी स्वास्नीमाथि आँखा त लगाउनु भएन नि ?

तपाईलाई थाहा छैन । सन्तान आफ्नो अनि श्रीमती अर्काको राम्रो ।

तपाईको जीवनको दिक्कलाग्दो क्षण ?

(लामो हाँसो) सोच्दै नसोचेको तपाईको प्रश्नको जवाफ दिनुपर्ला !

तपाईको बारेमा तपाई आफैंले सुनेको वाहियात कुरा… ?

म सोझो, सज्जन र भलाद्मी मान्छे रे ! यस्तो वाहियात कुरा पनि गर्ने हो त ?

कसैलाई मार्ने छुट पाउनु भयो भने…?

धेरै छन् । तिनीहरुमा त पहिले टप टेन, त्यसपछि टप फाइभ अनि टप थ्री बाट पनि छानेर ‘टप वन’ भएपछि भनौला हुन्न र ?

तपाई निकै सेक्सी हुनुहुन्छ रे नि ?

मलाई मात्र थाहा भएको कुरा तपाईलाई कसले भन्यो ? भन्नुस् त ।

केटी पनि खुब घुमाउनु हुन्छ होइन त ?

घुमाउनै पर्‍यो नि, तर तीतो सत्य टेलिफिल्ममा मात्र ।

ओसामा बिन लादेनलाई भेट्टाउनु भयो भने तपाईको प्रतिक्रिया ?

एकपटक मेरो सिरियल ‘तीतो सत्य’ मा खेलिदिनुस् भनेर आग्रह गर्दथें ।

अनि भगवान महादेवलाई भेट्टाउनु भयो भने नि ?

के हो महादेव जी, आफू चाहिँ जहिले पनि गाँजा र भाङमा मस्त हुने अनि हाम्रो चाहिँ वास्तै नगर्ने भनिदिन्थें ।

तपाई देखेर रिस उठेको मान्छेले तपाईलाई कसरी बोलाउँछ ?

ए दीपके भनेर नाम नै अशुद्ध पारेर बोलाउँछ भन्या ।

रक्सी त खुबै खानु हुन्छ रे ?

तपाई मेरो जासुस हो कि क्या हो यार ! मेरी श्रीमतीले पठाएको । मेरी श्रीमतीलाई थाहा नभएको कुरा ठ्याक्क-ठ्याक्क भन्नुहुन्छ बा !

केटीलाई फकाउने दुईवटा आइडिया भन्नुस् न ?

म त्यो आइडिया पत्रिकामा भन्दिन ! फेरि सबैले थाहा पाए भने त म प\mलप भैहाल्छु नि । तपाई मलाई एक्लै भेट्नुस् म सुटुक्क भनौंला ।

तीतो सत्यमा कलाकारलाई पारिश्रमिकमा खुबै मार्नुहुन्छ रे नि हो ?

आम्मै, के भनेको होला । यो त आफैं त महादेव उत्तानो टाङ्ग कसले देला बर भने जस्तै हो ।

Source: onlinekhabar.com


Read more

कारको ठक्करबाट ६ जनाको मृत्यु


काठमाडौंको भोटाहिटिस्थित ‘सव वे’ नजिक नीजि कारको ठक्करबाट ६ जना भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत विहारको कसवामहेतीका धर्मनाथ सिन्हा, बिहार सीतामढिका मदन गुप्ता, कृष्णा देवी र सञ्जय गुप्ता तथा मोतिहारीका वीना सिन्हा रहेका छन् । अन्दाजी १७/१८ वर्षे एक युवकको भने सनाखत हुन सकेको छैन । गम्भीर घाइते सीतामढिका दीपक गुप्ताको बीर अस्पतालमा प्रारम्भीक उपचारपछि काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । विहान पौने एक बजेतिर अनियन्त्रित अबस्थामा गुडीरहेको बा ४ च ८०३० नम्बरको कारले सडक पेटिमा हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

उनीहरु बीर अस्पतालमा उपचार गराई फर्किरहेका थिए । लामो समयदेखि काठमाडौंको बाङ्गेमुढामा बस्दै आएका उनीहरु कस्मेटिक सामानको व्यापारी हुन् । घटनापछि कार चालक काठमाडौं खिचापोखरीका विप्लवमान सिंह फरार रहेका प्रहरीले जनाएको छ । कार भने ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको बिरोधमा स्थानीयवासी र मृतकका आफन्त प्रदर्शनमा उत्रिएका छन् । अहिले वीर अस्पताल, भोटाहिटि, शहिद गेट, सुन्धारा, रत्नपार्क र जमल क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीले बाटोमा टायर बालेर सवारी आवागमनमा रोक लगाएका छन् । प्रदर्शनमा उत्रिएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read more

माओवादी महाधिवेशन १५ माघमा


एकीकृत नेकपा माओवादीले यसै वर्षको माघ १५ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको प्रवक्ता दिनानाथ शर्माले बताए ।

माओवादी र्सार्वजनिक राजनीतिमा आएपछि पहिलोपटक महाधिवेशनमा जान लागेको हो । यसलाई उसको आन्तरिक लोकतान्त्रिक अभ्यासमा जाने निर्णयका रुपमा लिइएको छ ।

माओवादीले पार्टीभित्र सुविधाभोगी प्रवृत्ति बढेको भन्दै नेता कार्यकर्ताका लागि १५ बुंदे आचारसंहिता पारित गरेको छ । आचारसंहितामा बस्ने, हिड्ने र लिने सुविधाको अधिकतम मापदण्ड तोकिएको शर्माले बताए । माओवादीभित्र नेताहरु सुविधाभोगी भएको भन्दै आलोचना भइरहदा पछिल्लो निर्णय भएको हो । माओवादीले १३८ केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको छ । पद विभाजन पनि टुंगो लगाइएको छ । जअनुसार अध्यक्षमा प्रचण्ड, उपाध्यक्षमा मोहन वैद्य किरण, डा.बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिवमा रामबहादुर थापा बादल र सचिवद्वयमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी तोकिएका छन् ।

झण्डै एक महिना चलेको बैठक आज सकिएको हो । भोलि पत्रकार सम्मेलन गरी केन्द्रीय समितिको निर्णय र्सार्वजनिक गरिने बताइएको छ ।

Read more