माओवादी महाधिवेशन १५ माघमा


एकीकृत नेकपा माओवादीले यसै वर्षको माघ १५ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको प्रवक्ता दिनानाथ शर्माले बताए ।

माओवादी र्सार्वजनिक राजनीतिमा आएपछि पहिलोपटक महाधिवेशनमा जान लागेको हो । यसलाई उसको आन्तरिक लोकतान्त्रिक अभ्यासमा जाने निर्णयका रुपमा लिइएको छ ।

माओवादीले पार्टीभित्र सुविधाभोगी प्रवृत्ति बढेको भन्दै नेता कार्यकर्ताका लागि १५ बुंदे आचारसंहिता पारित गरेको छ । आचारसंहितामा बस्ने, हिड्ने र लिने सुविधाको अधिकतम मापदण्ड तोकिएको शर्माले बताए । माओवादीभित्र नेताहरु सुविधाभोगी भएको भन्दै आलोचना भइरहदा पछिल्लो निर्णय भएको हो । माओवादीले १३८ केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको छ । पद विभाजन पनि टुंगो लगाइएको छ । जअनुसार अध्यक्षमा प्रचण्ड, उपाध्यक्षमा मोहन वैद्य किरण, डा.बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिवमा रामबहादुर थापा बादल र सचिवद्वयमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी तोकिएका छन् ।

झण्डै एक महिना चलेको बैठक आज सकिएको हो । भोलि पत्रकार सम्मेलन गरी केन्द्रीय समितिको निर्णय र्सार्वजनिक गरिने बताइएको छ ।

0 comments:

Post a Comment