कसको नेतृत्वमा सरकारमा जाने भन्नेमा विवाद कायमै

राजन घिमिरे-
माले नेतृत्वमा सरकारमा सहभागिता जनाउने नेपाली काग्रेसको विवाद अझै टुङ्गोमा पुग्न सकेको छैन । यद्यपि एमालेको नेतृत्वमा बन्ने सरकारमा काग्रेसले आफ्नो सहभागिता जनाउने निश्चित भएको छ । सरकारमा सहभागिताका सम्वन्धमा आज विहान बसेको केन्द्रीय समितिको बैठकमा सरकारमा सहभागिताको सम्वन्धमा छलफल भए पनि त्यसको टुङ्गो भने लाग्न सकेको छैन् । काग्रेस स्रोतका अनुसार बैठकले एमाले नेतृत्वको सरकारमा सामेल हुने निर्णय गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुराको निर्णय गर्न सकेन् । काग्रेस भित्र सरकारमा सामेल हुने वा बाहिर बसेर सरकारलाई समर्थन गर्ने विषयमा विवाद देखिएको थियो । यसैविच सरकारमा सहभागिता जनाउने सम्वन्धमा काग्रेस संसदीय दलको बैठक आज बस्ने वताइएको छ ।

0 comments:

Post a Comment