माओवादीद्धारा संघर्षका कार्यक्रम घोषणा

राजन घिमिरे–
राष्ट्रपतिको कदमविरुद्ध आफ्नो पार्टीले सदनमा दर्ता गराएको संकल्प प्रस्ताव अस्विकृत भएको विरोधमा एकिकृत नेकपा माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । एकिकृत नेकपा माओवादी सचिवालयको आज विहान बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । बैठक पछि माओवादी प्रवक्ता दिनानाथ शर्माले राष्ट्रपतिको असंबैधानिक कदमविरुद्ध जेठ महिना भरिका लागि आन्दोलनका कार्यक्रम तय गरिएको जानकारी दिनुभएको छ । वहाँका अनुसार जेष्ठ २० गते ७५ वटै जिल्लाका जिलला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिने र २१ गते देखि जेठ महिना भरी पार्टी अन्तर्गतका मोर्चा र जनवर्गिय संगठनहरुले गा।वि।स। स्तरीय र जिल्ला स्तरीय र् याली धर्ना र सभ ा गर्ने कार्यक्रम तय भएको छ । वहाँले आन्दोलनलाई व्यवस्थि तगर्न मोहन वैंधको संयोजकत्वमा एक संघर्ष समिति समेत गठन गरिएको जानकारी दिनुभयो ।

0 comments:

Post a Comment