सेक्सीलाई प्रतिशतमा हिसाब नगरौं


नेपाली सिने जगतकी चर्चित नायीका करिश्मा मानन्धर केहीबर्षदेखि अमेरिका वस्दै आएकी छन् । नायीकाबाट निर्मात्री बनेकी उनी नराम्रोसंग घाटा खाएपछि अमेरिका हानीएकी हुन् । हाल नेपालमा रहेकी करिश्मासंग राजन घिमिरेले गरेको अनौपचारिक कुराकानीको संक्षेप:

करिश्मा अब नेपालमा नै बस्ने कि अमेरिकामा ?

अब दुवैतिर हुन्छु । तर, पहिले जस्तो लामो समयसम्म चाहिं अमेरिकामा बस्दिन ।

कसरी आयो नि यस्तो सोच ?

नेपाली सिनेमा, कलाकार र परिवारलाई बिर्सन सकिन ।

अमेरिकाबाट पैसा कमाउन पुगेर त होइन नि ?

आम्मै ! कस्तो कुरा गरेको ? पैसाले कसलाई पो पुगेको छ र भन्या । पैसाले पुगेर होइन, विशुद्ध रुपमा पारिवारिक कारण ।

आउनासाथ फिल्म पनि खेली हाल्नु भयो नि ?

अमेरिकाबाट नेपाल र्फकनासाथ फिल्म खेल्ने सोच त थिएन । तर, सिनेकर्मीहरुको प्रस्तावलाई मैले नकार्न सकिन ।

तपाईको बारेमा दर्शकले थाहा नपाएका तीन कुरा ?

म खाना पकाउन रुचाउँछु, सुत्न मन पराउँछु र आफ्नो कपडा आफै धुन्छु ।

मानौं, तपाईलाई एक दिन जे गर्न पनि छुट दिइयो भने के गर्नु हुन्थ्यो ?

धेरै कुरा गर्नु छ । त्यसैले यसको जवाफ त सोचेर नै भन्छु ।

एकजनालाई लिएर चन्द्रमामा जान पाउनु भयो भने कसलाई लानुहुन्थ्यो ?

यो त झगडा गराउने प्रश्न भयो । मसँग एउटी छोरी र एउटा श्रीमान् छन् । दुई मध्ये एकलाई लिएर जाँदा अर्को रिसाउने भयो नि । त्यसैले कि म मात्र जान्छु कि त दुवैलाई लिएर जान पाउनु पर्छ ।

तपाईले अहिलेसम्म कतै कहिं नभनेको सत्य ?

त्यो सस्पेन्स नै राखौं । कतै पनि नभनेको कुरा तपाईलाई किन भनौं ?

चलचित्रको बारेमा तपाईले सुनेको वाहियात कुरा ?

सिनेमा खेल्ने आशमा नायिकाहरुले निर्माता वा निर्देशकको ओछ्यान तताउनु पर्छ रे ! वाहियात हल्ला ।

भगवानसँग केही सोध्ने अवसर पाउनु भयो भने …….. ?

भनिन्छ ! हिन्दुहरुको धेरै भगवान छन् । यत्तिका भगवान भएको देशमा किन धेरै अपराध, हत्या अनि हिंसा ? भनेर सोध्थेँ ।

तपाई आफूलाई कति प्रतिशत सेक्सी मान्नु हुन्छ ?

सेक्स र सेक्सीलाई प्रतिशतमा हिसाब नगरौं ।

लोग्ने मान्छेको मन नपर्ने पाँच कुरा ?

सर-सफाईमा ध्यान दिंदैनन् । केटीको अगाडि धेरै खर्च गरेर खोक्रो सान देखाउन खोज्छन् । जिम्मेवारी बहन गर्न नसक्ने । देखावटी गर्छन् । केटीभन्दा बढी शंकालु हुन्छन् ।

एक्लै हुनुको तीन फाइदा ?

शान्ति हुन्छ । आˆनो निर्णयमा अरुको हस्तक्षेप हुँदैन र घर फोहोर हुँदैन ।

अनलाइन खवर डटकमवाट साभार गरिएको

0 comments:

Post a Comment