धादिङमा बस दुर्घटना, दुईको मृत्यु


त्रिभुबन राजपथ अन्तर्गत धादिङको नौबिसेमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ४०९४ नम्बरको बस विहान ४ बजे नौबिसे-२ बाहुनडाँडामा सडकबाट असी मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा मृत्यु हुनेमा रुपन्देही मणिग्रामका थानेश्वर पाण्डे र अर्का अन्दाजी ४० बर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।दुर्घटनामा अन्य ३२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको काठमाडौंको बीर अस्पतालमा उपचार भइरहेको छ ।

0 comments:

Post a Comment