अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, चार नेपालीसहित सोह्र को मृत्यु


अफगानिस्तानको कान्दाहरमा एक निजी हेलिकोप्टर दुर्घटना हुँदा चार नेपालीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । कान्दाहर एयर फिल्डमा कार्यरत साधुराम थापाका अनुसार हेलिकोप्टर दुर्घटनामा चार नेपालीको पुष्टि भएपनि उनीहरुको नाम ठेगाना खुल्न सकेको छैन । दुई जना नेपाली भने हाम फालेर ज्यान जोगाउन सफल भएका थापाले बताए । दुर्घटनामा परेका नेपाली सबै सुपि्रम फ्युल कम्पनीका कामदार हुन् । उनीहरु एक महिना अघिमात्र सो कम्पनीमा काम गर्न गएका थिए ।रुसमा निर्मित एमआई-८ हेलिकोप्टर कान्दाहरस्थित एक शिविरबाट उडान भर्न लाग्दा दुर्घटना भएको थियो ।

0 comments:

Post a Comment