काग्रेसको नेतृत्व सुजताले गर्ने नेताहरुवीच विभाद


राजन घिमिरे–
नेपाली काग्रेसका सभापति कोइराले छोरी सुजतालाई काग्रेसको तर्फवाट सरकारको नेतृत्वमा सहभागि गराउँन आग्रह गरेका छन् । आफ्नो निवास महाराजगंन्जमा मन्त्रीपरिषद विस्तारवारे छलफल गर्न आएका प्रधानमन्त्री माधबकुमार नेपाललाई छोरीलाई परराष्ट्रमन्त्रालय सहित सरकारको नेतृत्वमा लैजान आग्रह गरेका थिए । सँगै बसेका पार्टी वरिष्ट नेता शेरवहादुर देउवा कार्यवहाक सभापति सुशील कोइराला उपसभापति रामचन्द्र पौडेल महामन्त्री विमलेन्द्र निधीलगायत नेताहरु निर्णयप्रति असन्तुष्टि जनाउदै केही प्रतिकि्रया दिएनन् । कोइराला छोरी सुजता संविधानसभा निर्वाचनमा पराजित भएकि थिइन र तत्कालिन माओवादी सरकारले प्रधानसेनापती रुकमागत कटवाललाई कारवाही गर्दा उनले समर्थन गरेकि थिइन । उनलाई स्पष्टिकरण लिने भनिएतापनि स्पष्टिकरण लिइएको थिएन् ।

0 comments:

Post a Comment