कानुन हेरफेर गरेर भएपनि कारवाही गर्ने

प्रधानमन्त्री माधवकुमार नेपालले अपहरण सम्वन्धी वर्तमान कानून हेरफेर गरेरै भए पनि अपहरकारीलाई कडा कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राजनधानी लगायत मुलुकका विभिन्न स्थानहरुमा अपहरणको घटना वढदै गइरहेका वेला प्रधानमन्त्री नेपालको सो प्रतिवद्धता आएको हो । अपहरणको घटना वढदै गएपछि त्यसको नियन्त्रण र अपराधीलाई कडा कारवाहीको माग गर्दै आज प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र वुझाउन पुगेका अभिभावक संघका प्रतिनिधिहरुसँग प्रधानमन्त्री नेपालले अपहरणमा संलग्नक जो कोही भए पनि अव उमकन नदिने वताउनु भएको हो ।
प्रधानमन्त्री नेपालले प्रेश माथी आक्रमण गर्नेलाई कडा कारवाही गर्ने वताउनुभएको छ । आज रिपोर्टस नेपालको अगुवाइमा प्रधानमन्त्री नेपाललाई ज्ञापनपत्र वुझाउन गएको पत्रकारको टोलीलाई वहाले सो कुरा वताउनु भएको हो ।

0 comments:

Post a Comment