यादव र गचदार समुहविच झडप

म ज अ फो को उपेन्द्र यादव र विजयकुमार गच्छेदार समूहबीच बीरगन्जमा झडप भएको छ । केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका बेला नारावाजी गर्न पुगेको समूहलाई प्रतिकार गर्दा सभाषद दुर्गादेवी पासवानसहित फोरम गच्छेदार समूहका ७ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको टाउको फुटेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले डाकेको बैठकमा संसदीय दलका नेता विजयकुमार गच्दारसहित कारबाहीमा परेका सात जनालाई बोलाइएको छैन । गच्छदार पक्षले मङ्गलबार नै आफ्नो समूह आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । यता, गच्छदार समूहको केन्द्रीय कमिटीको बैठक पनि ललितपुरमा बसिरहेको छ । बैठकमा संस्थापन पक्षबाट विभाजित भएपछिको अवस्था र भावी योजनाका विषयमा छलफल भइरहेको बताइएको छ ।

0 comments:

Post a Comment