२४ दलको बैठक आज बस्ने

आज बिहान ११ बजे संसदमा जारी गतिरोध अन्त्यको उपाय खोज्न संबिधान सभाका २४ वटा दलहरुको संयुक्त बैठक आज बस्दैछ । सत्ताको नेतृत्व गरेको नेकपा एमालेको आह्ावानमा हुन लागेको बैठक अपरान्ह ४ बजे िसंहदरबारमा बस्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले सेनापतीलाई पुर्नबहाली गरेको घटनाले नागरिक सर्वोच्चताको उल्लंघन भएको भन्दै सरकारको नेतृत्व छोडेको एकिकृत नेकपा माओबादीले सदन चल्न दिएको छैन । सदन सुचारु गर्ने बिषयमा एमाले र माओबादीका बिचमा सहमती भए पनि काँग्रेसको अडानका कारण सफल हुन सकेको छैन । बैठकमा हिउदे अधिबेशनको अन्त्य र बजेट अधिबेशनका बारेमा सदन सुचारु गर्ने बिषयमा प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस सभापती गिरिजाप्रसाद कोइरालाबिच पनि छलफल हुँदैछ । कोइरालासंग छलफल गर्न प्रधानमन्त्री नेपाल उहाँको निवासमा हुनुहुन्छ ।
आज संसद दिवस बिभिन्न कार्यक्रमको आयेाजना गरेर मनाइदैछ । २०१६ साल असार १६ गते पहिलो पटक संसद बैठक बसेको दिनको स्मरणमा हरेक बर्ष येा दिवश मनाउने गरिएको छ । संसद दिवशको उपलक्ष्यमा पुर्व सांसद क्लवले दिउसो कार्यक्रमको आयेाजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री संबिधान सभाका अध्यक्ष संबैधानिक निकायका प्रमुख तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहने बताइएको छ ।sार्यक्रम दिउसो ३ बजे हुने क्लवले जनाएको छ । संसद दिवश मनाइरहँदा ब्यवस्थापिका संसदको बैठक भने अवरुद्ध रहेको छ ।सदनलाई लामो समय चल्न नदिएकोमा संबिधानबिद्हरुले दलहरुले सदनको अवमुल्यन गरेको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सभापती गिरिजाप्रसाद कोइराला र अमेरिकी राजदुत न्यान्सी जे पावेलबिच बिहान भेटवार्ता भएको छ । कोइरालालाई भेट्न राजदुत उहाँकोनिवासमा जानु भएको हो । उहाँहरुबिच नेपालको समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको छ । राजदुतले शान्ति प्रकि्रया र संबिधान निर्माणका बारेमा उहाँले जिज्ञासा राख्नु भएको कोइरालाका परराष्ट्र मामला सल्लाहकार डाक्टर सुरेश चालिसेले जानकारी दिनु भएको हो । पावेलले आफु छिट्टै स्वेदेश फर्कने बारे पनि जाकारी दिनु भएको छ ।

0 comments:

Post a Comment