प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति


प्रधानमन्त्रीमाधव कुमार नेपालले तोकिएको मापदण्ड पुरा गरेर योग्य ठहरीएका वढीमा पाच हजार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री नेपालले हिजो मात्रै योग्य ५ हजार माओवादी लडाकुलाई सेनामा समायोजन गर्न सकनिे वताउनु भएको थियो । आज बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले ५ हजार माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने प्रधानमन्त्री नेपालको भनाईप्रति आपत्ति जनाएको हो ।
साथै वैठकले प्रधानमन्त्री नेपालले दलहरु वीचको सहमतिलाई लत्ताएर सो अभिव्यक्ति दिनु भएको ठहर गरेकेा छ । बैठकमा वोल्ने अधिकाशं कांग्रेस सभासदहरुले दलहरु वीच सहमति नै नगरी प्रधानमन्त्री एक्लैले ५ हजार लडाकुलाई सेनामा समायोजन गर्छु भननु त्यो व्यक्तिगत धारणा हुन सक्ने निष्कष्र्न निकालेका थिए ।

0 comments:

Post a Comment