काग्रेस संसदिय दलको नेतामा पौडेल


काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई १३ मतले पराजित गरेर उपसभापति रामचन्द्र पौडेल काँग्रेस संसदीय दलको नेतमा विजयी भएका छन् । असार ६ गते साँझ भएको मतदानमा पौडेलले ६१ तथा देउवाले ४८ मत प्राप्त गरेका थिए । मतदानमा १ सय १४ मध्ये १ सय ९ सभासद्ले मतदान गरेका थिए । संसदीय दलको नेता चयनका लागि भएको पहिलो चरणको मतदानमा देउवाले ४५, पौडेलले ३९, कुलबहादुर गुरुङ्ग र सुप्रभा घिमिरेले १२/१२ मत प्राप्त गरेका थिए । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत अर्थात ५८ मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका देउवा र पौडेलवीच पुनः प्रतिस्प्रर्धा भएको थियो ।

0 comments:

Post a Comment