शैलजाको अन्त्योष्टि


कांग्रेस नेतृ शैलजा आचार्यको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ भाई प्रदिपले वहालाई दागवत्रि दिनुभएको थियो । आचार्यलाई अन्तिम संस्कार गर्नुअघि उहाँको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी कार्यालयमा ठूलो सङ्ख्यामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु, बुद्धिजीवी, पत्रकारहरुको घुइँचो थियो । यसअघि स्वर्गीय आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, सभामुख सुवासचन्द्र नेम्बाङ, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एकीकृत नेकपा माओवादीका नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र पम्फा भुसालले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

0 comments:

Post a Comment