एमाले-माओवादी वैठक निष्कर्षहीन

एमाले र माओवादीको मंगलवार भएको छलफललाई अन्तिम रुप दिन आज बसेको दुई दलका नेताहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ । एमालेले तयार पारेको मस्यौदाको पहिलो नम्बरको बुँदामा उल्लेख प्रधानसेनापतिलाई कारबाही पछि दलहरुबीच उत्पन्न विवाद आपसी सहमतिमा टुङ्ग्याउने भन्ने बुँदामा माओवादीले असहमति जनाएको हो । माओवादीले दलहरुबीच उत्पन्न विवादलाई नभइ प्रधानसेनापतिको कारबाहीलाई नै आपसी सहमतिमा मिलाउनुपर्ने अडान राखेको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमलाई सरकारले उल्ट्याउने आसयको बुँदामा पनि माओवादीले असहमति जनाएको छ । माओवादीले प्रधानसेनापतिले चालेको कदम असंबैधानिक भएको भन्दै राष्ट्रपतिले कदम सच्याउनुपर्ने अडान दोहोर्‍याएको छ ।

0 comments:

Post a Comment