गच्छेदारको कारवाही फिर्ता हुदैन

राजन घिमिरे
मधेशि जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संसदिय दलका नेता विजयकुमार गच्छदारको कारवाही फिर्ता नहुने वताउनु भएको छ । काठमाडौंमा आयोजित एक आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले ‘गच्छेदारलाई पार्टी फुटाउने नाइके’को संज्ञा दिनुभयो । ‘गच्छेदार सत्ता र सरकारका खेलाडी हुन् उनी दलहरुलाई तोडफोड गर्न र जोड्न माहिर छन् उहाँले भन्नुभयो । अध्यक्ष यादवले पार्टी फुटाउन सक्रिय रहेको कारणले २२ जना केन्द्रीय सदस्यको बहुमतको निर्णयका आधारमा गच्छेदारसमेतका सातजनालाई पार्टीबाट निष्काशन गरिएको बताउनुभयो । पार्टीको राजनीतिक समितिमा कारवाही गर्ने बहुमत छैन नि भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष यादवले भन्नुभयो गच्छेदारको मधेस आन्दोलनमा कुनै भूमिका नभए पनि सबैलाई समेट्ने उद्देश्य फोरमले लिएको बताउनुभयो । तपाईहरुलाई प्रचण्डको पुच्छर भएको आरोप छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो प्रचण्डको अध्यक्षतामा हामीले बैठक डाकेका छैनौं । यादवले पार्टीले कारवाही गरेका ब्यक्तिहरुलाई सभाषदबाट हटाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले फोरमका बहुमत सभाषद आफ्नो पक्षमा रहेको दावी गर्नुभयो ।

0 comments:

Post a Comment