माओवादी सेना व्यवस्थापन प्रमुख प्राथमिकता

प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकारको माओवादी सेना समायोजन प्रमुख प्राथमिकता भएको वताउनु भएको छ साथै संविधान निर्माण र शान्तिप्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने सरकारको प्राथमिकता रहेको बताउनु भयो वहाले प्रेस चौतारीको प्रतिनिधिमण्डलसँग कुरा गर्दै वर्तमान सरकारलाई पूर्णता दिन तथा अवरुद्ध संसद सुचारु गर्न आफू प्रयासरत रहेको पनि उल्लेख गरे । प्रधानमन्त्रीले शान्तिसुरक्षाको स्थिति सुधार्नु तथा जनतालाई राहत पुर्‍याउनु पनि सरकारको प्राथमिकता रहेको बताए । एमालेसम्वद्ध पत्रकारहरुको संस्था प्रेस चौतारीको टोलीले प्रधानमन्त्रीलाई निवास बालुवाटारमा गएर ज्ञापनपत्र दिएको थियो।

0 comments:

Post a Comment