एसएलसी परीक्षाफल प्रकाशित, ६८ प्रतिशत उर्तिण

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको प्रवेशिका (एसएलसी) परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।यस बर्षको एसएलसी परीक्षमा नियमित तर्फ ६८ प्रतिशत र एक्जाम्टेडतर्फ ४७ प्रतिशत परीक्षार्थी उर्तिण भएका छन् । यसबर्षको एसएलसी परीक्षामा ५ नम्वर ग्रेस मार्क दिइएको थियो ।
यस वर्षको परीक्षामा नियमिततर्फ तीन लाख ४४ हजार १ सय ५१ जना र एक्जाम्टेडतर्फ ४७ हजार ५ सय ५२ जना गरी कुल ३ लाख ९१ हजार ७ सय ३ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले बताउनुभयो ।

0 comments:

Post a Comment