फोरम स्पष्ट रुपमा दुई चिरा

राजन घिमिरे
पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा गएको आरोपमा मधेशी जनअधिकार फोरम संसदिय दलका नेता विजयकुमार गक्षदार सहित सात जनालाई पार्टीवाट निष्कासित गरेको छ । फोरम अफ दुई चिरामा स्पष्ट रुपमा देखिएको छ । यो संगै एमाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । पार्टी नीति बिपरित सरकारमा सहभागी भएको भन्दै फोरमले गच्छेदारसहित फोरम संसदीय नेताहरु रामजनम चौधरी, प्रवक्ता जितेन्द्र देव, शरतसिंह भण्डारी, रामेश्वर राय यादव, उपेन्द्र झा र रत्नेश्वर गोइतलाई पार्टीबाट निष्काशन गरेको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । यादवले भन्नुभयो,- पार्टी विरोधी गतिविधि गरेको, मधेस विरोधी गतिविधि गरेको, मधेस आन्दोलनलाई अपमान गरेको, शहिदहरुलाई अपमान गरेकोले आजैबाट पार्टीबाट निस्कासन गरेको घोषणा गरिन्छ । उहााले संविधानविपरित प्रधानमन्त्री माधवकुमार नेपालले सत्तामा टिक्न मधेसविरोधी गतिविधि गरेको यादवले आरोप लगाउनुभयो । गच्छेदारको पक्षमा लाग्न कोटेश्वरनिवासमा गठवन्धन भएको र आफुलाई सर्मथन गरे रातारात करोडपति बनाइदिने प्रलोभन दिइएको यादवले दावी गर्नुभयो । गच्छेदारको पक्षमा हस्ताक्षर गर्ने ३२ मध्ये अन्य सभासदलाई पार्टीमा र्फकन संस्थापन पक्षले आह्वान गरेको छ ।

0 comments:

Post a Comment