राष्ट्रपतिद्धारा काग्रेस र एमालेका नेताहरुसँग परामर्श

राष्ट्रपति डा रामवरण यादवले मन्त्रीपरिषद विस्तारमा ढिलाई र विभिन्न विषयमा नेपाली काग्रेस र नेकपा एमालेका नेताहरुसाग परामर्श गर्नु भएको छ सोमवार साझ राष्ट्रपति निवास पुगेका एमाले अध्यक्ष झलनाथ खनालसहितका एमाले नेता तथा कांग्रेस कार्यवाहक सभापति शुशिल कोइराला लगायतसंग राष्ट्रपतिले सरकार गठनमा भएको ढिलाइबारे चासो राख्नुभएको थियो ।

भेटमा सहभागी स्रोतका अनुसार राष्ट्रपतिले सरकार गठन नहुँदा जनताको धैर्यता टुटन लागेको भन्दै तत्काल यसबारे सहमति जुटाउन पहल गर्नुपर्ने बताउनुभएको थियो ।

0 comments:

Post a Comment