प्रहरीद्धारा ख्यातिको टाउको फेला


अपहरणपछि टुक्रा टुक्रा पारि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठको टाउको प्रहरीले फेला पारेको छ । जेष्ठ २द्द गते अपहरणमा परेकी श्रेष्ठको टाउको आज विहान राजधमनीको रानीवनमा फेला परेको प्रहरीले जनाएको छ । श्रेष्ठको हत्यामा संलग्न वीरेन्द्र श्रेष्ठले दिएको वयानका आधारमा प्रहरीले ख्यातीको टाउको फेला पारेकेा हो । श्रेष्ठले ख्यातीको अपहरण पछि वलात्कार गरी हत्या गरेको र तयसपछि मृतक श्रेष्ठको शवलाई टुक्रा टुक्रा पारी चितवन र ललितपुरका विभिन्न सथानमा फालेको स्विकार गरेका छन् ।

यसैविच घटनामा आरोपति १७ वािर्षाया मेरिना शाक्यको घरवाट प्रहरीले रकम वरामद गरेको जनाएको छ । प्रहरीका अनुसार सो रकम फिरौतीवापत उठाइएको हुन सक्ने संभावना छ । स्रोतका अनुासार प्रहरीले करिव ४ लाख रकम वरामद गरेको छ ।उता १० विद्यार्थी संगठनको आज वसेको वैठकले राजधानीका शैक्षिक संस्थामा अपराधिक घटना वढदै गएकोमा चिन्ता ब्यक्त गर्दै अपराधिलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।

0 comments:

Post a Comment