एमाले सभासदद्धारा नेतृत्वको आलोचना

प्रधानमन्त्री माधवकुमार नेपालले आजै मन्त्री परिषदको विस्तार भै सरकारले पूर्णता पाउने दावी गर्नु भएको छ । सरकार गठन भएको लामो समय वितिसक्दा पनि मन्त्री परिषदको विस्तारमा विवाद उत्पन्न भैरहेको वेला प्रधानमन्त्री नेपालले आज एमाले संसदिय दलको वैठकमा सो कुरा वताउनु भएको हो । मधेशवादी दलहरुले धेरै मन्त्रालयको माग गरेका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई भइरहेको प्रधानमन्त्रीले वताउनु भयो । साथै वहाले आजै गठवन्धनकारी दलहरुसँग सहमति जुटाई आजै अपराहन्न मन्त्रीहरुको सफत गराउने वताउनु भयो ।
त्यसैगरी वहाले नेपाली सेनाका रथी कुलवहादुर खडकालाई सरकारले सम्मान जनक रुपले विदाई गर्ने तयारी गरीरहेको खुलासा पनि गर्नुभयो । वैठकमा एमाले सभासदहरुले पार्टी नेतृत्वको आलोचना गर्दै हारेकालाई सरकारमा पठाएर पार्टीको वदनाम गरेको भन्दै रोस प्रकट गरेका थिए । त्यसैगरी उनीहरुले वर्तमान सरकारले वेरोजगारलाई रोजगार दिए जस्तै हारेकालाई मन्त्री वनाएको भन्दै पार्टी पंक्तिको आलोचना गरेका थिए । साथै उनिहरुले राष्ट्रपतिको पछिल्लो कदम संवैधानिक हुन नसक्ने वताएका थिए । वैठक पसर्ि सम्मका लागि स्थगित भएको छ ।

0 comments:

Post a Comment