माओवादी वैठक स्थगित


पोलिटव्युरो सदस्यहरुले बोल्ने क्रम शनिवार सकिएपछि आजको बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरुले उठाएका प्रश्नको जवाफ आज दिने कार्यक्रम थियो ।बरिष्ठ नेता मोहन वैद्य किरणले राखेको जनविद्रोहको कार्यनीति कार्यान्वयन गर्नुपर्ने प्रस्ताव र अध्यक्ष प्रचण्डको प्रस्ताव मिलाएर परिमार्जित धारणा ल्याउनुपर्ने भएकोले बैठक स्थगित गरिएको स्रोतले जानकारी दिएको छ ।' वर्तमान परिस्थिति र सर्वहारा वर्गको दायित्व’ विषयक राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई समेटेर प्रचण्डले आफ्नो प्रतिवेदन परिमार्जन गर्ने बताइएको छ ।अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा शान्तिपूर्ण संघर्षबाट राष्ट्रपतिको कदम सच्याएर आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरिएको छ ।

0 comments:

Post a Comment