पोलिटव्यूरो बैठक आज सातौ दिन पनि जारी


सरकार छाडेर प्रतिपक्षको भूमिका खेलेको एकिकृत नेकपा माओवादीको पोलिटव्यूरो बैठक आज सातौ दिन पनि जारी छ । राजधानीको कोटेश्वरमा स्थित मजदुर भवनमा आज मध्यन्हवाट शुरु भएको वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल भैरहेकेा छ । वैठकमा प्रस्तुत पार्टी अध्यक्ष प्रचण्डको सो प्रतिवेदन माथि पोलिटव्युरो सदस्यहरुले धारणा राख्ने क्रम वाकी रहेकाले जानरी वैठक लम्विएको माओवादी स्रोतले जनाएको छ । वैठकमा प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्ने अिधंकाश सदस्यहरुले पार्टीले जनमुखि संविधान र राष्ट्रिय संघियताको लागि आन्दोलन गर्नु पर्नेमा जोड दिएको बुझिएको छ । साथै वैठकमा सरकारवाट वाहिरिएपछि पार्टीले खेल्नुपर्ने भूमिका शान्ति प्रकृया राष्ट्रपतिको असंवैधानिक कदम लगायतका विषयमा पनि छलफल भैरहेको बुझिएको छ ।

0 comments:

Post a Comment