संसार छोडिन शैलजाले


प्रजातन्त्रकि योद्धा तथा लामो समयदेखि थला परिरहेकि काग्रस नेतृ शैलजा आचार्यको ६७ वर्षको उमेरमा आज विहान निधन भएको छ । निमोनिया लगायत रोगबाट पीडित आचार्यको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा बिहान साढे चार बजे निधन भएको हो । थाइल्याण्डको राजधानी ब्याङ्ककमा उपचार गराएर नेपाल फर्किनुभएकी आचार्यको स्वास्थ्यमा खराबी आएपछि पुनः महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचार गरिएको थियो । दुई महिनापछि अस्पतालबाट डिस्चार्ज हुनुभएकी आचार्यलाई रक्तचाप, मुटु र नाडीको धड्कन रोकिएको अबस्थामा गत बुधबार पुनः शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।२०१७ सालमा संसदीय अबस्थाको अन्त्य गरिएपछि उहाँले युवा अबस्थामै तत्कालीन राजा महेन्द्रबिरुद्ध कालो झण्डा देखाइ प्रजातान्त्रिक आन्दोलनको झण्डा उठाउनु भएको थियो । मुलुककै पहिलो महिला उपप्रधानमन्त्री बन्नुभएकी आचार्यले सत्तामा रहँदा भ्रष्टाचार बिरोधि अभियान थाल्नुभएको थियो ।

0 comments:

Post a Comment