पाएदेखि ऐश्वर्य रायलाई विवाह गर्थें

प्रस्तुतीः राजन घिमिरे


तपाईको श्रीमतीको के छ खबर ?

कुन चाहिँ भन्नु भएको ?

तपाईका श्रीमती धेरै छन् कि क्या हो ?

कुरा त्यसो होइन । घरमा एउटी अनि तीतो सत्यमा एउटी । मेरा दुइवटी श्रीमती छन् । त्यसैले मैले नै सोधेको हो कुन चाहिँ श्रीमतीको भनेर ।

उसो भए घरकै श्रीमतीको कुरा गरौं न त ?

छोराछोरी हुर्काएर बसिरहेकी छिन् र मेरो लामो उमेरको कामना गरिरहेकी होलिन् ।

अनि तीतो सत्यकी श्रीमतीको नि ?

तपाईसँग कुरा गरिरहँदा आज शुक्रबार हो । त्यसैले तितो सत्यकी मेरी श्रीमती शुक्रबार व्रत बस्छिन् । आज उनलाई भेटेको छैन । व्रतमा नै होलिन् ।

भनेपछि तपाईको लागि व्रत बसेकी होलिन् त ? तितो सत्यकी श्रीमतीले ?

अहिलेको जमनामा पनि अर्काको लागि कसले सोच्छ र ! धेरै मोटाएपछि डाइटिङ्ग गरेको रे । भगवानको नाममा शरीर घटाउने षडयन्त्र मान्छु म व्रतलाई ।

देशको प्रधानमन्त्री हुन पाउनु भयो भने के गर्नु हुन्थ्यो ?

अहिले त प्रधानमन्त्री हुनु छैन । किनकि कुनबेला सरकार ढल्छ थाहा नै हुँदैन ।

यतिबेला तपाईले चाहेको केटीसँग विवाह गर्न पाउनु भयो भने कसलाई गर्नु हुन्थ्यो ?

ऐश्वर्य रायलाई विवाह गर्थें । तर के गर्नु अमिताभ बच्चन र अभिषेकले मारिहाल्छन् नि ।

अर्काकी स्वास्नीमाथि आँखा त लगाउनु भएन नि ?

तपाईलाई थाहा छैन । सन्तान आफ्नो अनि श्रीमती अर्काको राम्रो ।

तपाईको जीवनको दिक्कलाग्दो क्षण ?

(लामो हाँसो) सोच्दै नसोचेको तपाईको प्रश्नको जवाफ दिनुपर्ला !

तपाईको बारेमा तपाई आफैंले सुनेको वाहियात कुरा… ?

म सोझो, सज्जन र भलाद्मी मान्छे रे ! यस्तो वाहियात कुरा पनि गर्ने हो त ?

कसैलाई मार्ने छुट पाउनु भयो भने…?

धेरै छन् । तिनीहरुमा त पहिले टप टेन, त्यसपछि टप फाइभ अनि टप थ्री बाट पनि छानेर ‘टप वन’ भएपछि भनौला हुन्न र ?

तपाई निकै सेक्सी हुनुहुन्छ रे नि ?

मलाई मात्र थाहा भएको कुरा तपाईलाई कसले भन्यो ? भन्नुस् त ।

केटी पनि खुब घुमाउनु हुन्छ होइन त ?

घुमाउनै पर्‍यो नि, तर तीतो सत्य टेलिफिल्ममा मात्र ।

ओसामा बिन लादेनलाई भेट्टाउनु भयो भने तपाईको प्रतिक्रिया ?

एकपटक मेरो सिरियल ‘तीतो सत्य’ मा खेलिदिनुस् भनेर आग्रह गर्दथें ।

अनि भगवान महादेवलाई भेट्टाउनु भयो भने नि ?

के हो महादेव जी, आफू चाहिँ जहिले पनि गाँजा र भाङमा मस्त हुने अनि हाम्रो चाहिँ वास्तै नगर्ने भनिदिन्थें ।

तपाई देखेर रिस उठेको मान्छेले तपाईलाई कसरी बोलाउँछ ?

ए दीपके भनेर नाम नै अशुद्ध पारेर बोलाउँछ भन्या ।

रक्सी त खुबै खानु हुन्छ रे ?

तपाई मेरो जासुस हो कि क्या हो यार ! मेरी श्रीमतीले पठाएको । मेरी श्रीमतीलाई थाहा नभएको कुरा ठ्याक्क-ठ्याक्क भन्नुहुन्छ बा !

केटीलाई फकाउने दुईवटा आइडिया भन्नुस् न ?

म त्यो आइडिया पत्रिकामा भन्दिन ! फेरि सबैले थाहा पाए भने त म प\mलप भैहाल्छु नि । तपाई मलाई एक्लै भेट्नुस् म सुटुक्क भनौंला ।

तीतो सत्यमा कलाकारलाई पारिश्रमिकमा खुबै मार्नुहुन्छ रे नि हो ?

आम्मै, के भनेको होला । यो त आफैं त महादेव उत्तानो टाङ्ग कसले देला बर भने जस्तै हो ।

Source: onlinekhabar.com


Read more

कारको ठक्करबाट ६ जनाको मृत्यु


काठमाडौंको भोटाहिटिस्थित ‘सव वे’ नजिक नीजि कारको ठक्करबाट ६ जना भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत विहारको कसवामहेतीका धर्मनाथ सिन्हा, बिहार सीतामढिका मदन गुप्ता, कृष्णा देवी र सञ्जय गुप्ता तथा मोतिहारीका वीना सिन्हा रहेका छन् । अन्दाजी १७/१८ वर्षे एक युवकको भने सनाखत हुन सकेको छैन । गम्भीर घाइते सीतामढिका दीपक गुप्ताको बीर अस्पतालमा प्रारम्भीक उपचारपछि काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । विहान पौने एक बजेतिर अनियन्त्रित अबस्थामा गुडीरहेको बा ४ च ८०३० नम्बरको कारले सडक पेटिमा हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

उनीहरु बीर अस्पतालमा उपचार गराई फर्किरहेका थिए । लामो समयदेखि काठमाडौंको बाङ्गेमुढामा बस्दै आएका उनीहरु कस्मेटिक सामानको व्यापारी हुन् । घटनापछि कार चालक काठमाडौं खिचापोखरीका विप्लवमान सिंह फरार रहेका प्रहरीले जनाएको छ । कार भने ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको बिरोधमा स्थानीयवासी र मृतकका आफन्त प्रदर्शनमा उत्रिएका छन् । अहिले वीर अस्पताल, भोटाहिटि, शहिद गेट, सुन्धारा, रत्नपार्क र जमल क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीले बाटोमा टायर बालेर सवारी आवागमनमा रोक लगाएका छन् । प्रदर्शनमा उत्रिएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read more

माओवादी महाधिवेशन १५ माघमा


एकीकृत नेकपा माओवादीले यसै वर्षको माघ १५ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको प्रवक्ता दिनानाथ शर्माले बताए ।

माओवादी र्सार्वजनिक राजनीतिमा आएपछि पहिलोपटक महाधिवेशनमा जान लागेको हो । यसलाई उसको आन्तरिक लोकतान्त्रिक अभ्यासमा जाने निर्णयका रुपमा लिइएको छ ।

माओवादीले पार्टीभित्र सुविधाभोगी प्रवृत्ति बढेको भन्दै नेता कार्यकर्ताका लागि १५ बुंदे आचारसंहिता पारित गरेको छ । आचारसंहितामा बस्ने, हिड्ने र लिने सुविधाको अधिकतम मापदण्ड तोकिएको शर्माले बताए । माओवादीभित्र नेताहरु सुविधाभोगी भएको भन्दै आलोचना भइरहदा पछिल्लो निर्णय भएको हो । माओवादीले १३८ केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको छ । पद विभाजन पनि टुंगो लगाइएको छ । जअनुसार अध्यक्षमा प्रचण्ड, उपाध्यक्षमा मोहन वैद्य किरण, डा.बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिवमा रामबहादुर थापा बादल र सचिवद्वयमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी तोकिएका छन् ।

झण्डै एक महिना चलेको बैठक आज सकिएको हो । भोलि पत्रकार सम्मेलन गरी केन्द्रीय समितिको निर्णय र्सार्वजनिक गरिने बताइएको छ ।

Read more

सेक्सीलाई प्रतिशतमा हिसाब नगरौं


नेपाली सिने जगतकी चर्चित नायीका करिश्मा मानन्धर केहीबर्षदेखि अमेरिका वस्दै आएकी छन् । नायीकाबाट निर्मात्री बनेकी उनी नराम्रोसंग घाटा खाएपछि अमेरिका हानीएकी हुन् । हाल नेपालमा रहेकी करिश्मासंग राजन घिमिरेले गरेको अनौपचारिक कुराकानीको संक्षेप:

करिश्मा अब नेपालमा नै बस्ने कि अमेरिकामा ?

अब दुवैतिर हुन्छु । तर, पहिले जस्तो लामो समयसम्म चाहिं अमेरिकामा बस्दिन ।

कसरी आयो नि यस्तो सोच ?

नेपाली सिनेमा, कलाकार र परिवारलाई बिर्सन सकिन ।

अमेरिकाबाट पैसा कमाउन पुगेर त होइन नि ?

आम्मै ! कस्तो कुरा गरेको ? पैसाले कसलाई पो पुगेको छ र भन्या । पैसाले पुगेर होइन, विशुद्ध रुपमा पारिवारिक कारण ।

आउनासाथ फिल्म पनि खेली हाल्नु भयो नि ?

अमेरिकाबाट नेपाल र्फकनासाथ फिल्म खेल्ने सोच त थिएन । तर, सिनेकर्मीहरुको प्रस्तावलाई मैले नकार्न सकिन ।

तपाईको बारेमा दर्शकले थाहा नपाएका तीन कुरा ?

म खाना पकाउन रुचाउँछु, सुत्न मन पराउँछु र आफ्नो कपडा आफै धुन्छु ।

मानौं, तपाईलाई एक दिन जे गर्न पनि छुट दिइयो भने के गर्नु हुन्थ्यो ?

धेरै कुरा गर्नु छ । त्यसैले यसको जवाफ त सोचेर नै भन्छु ।

एकजनालाई लिएर चन्द्रमामा जान पाउनु भयो भने कसलाई लानुहुन्थ्यो ?

यो त झगडा गराउने प्रश्न भयो । मसँग एउटी छोरी र एउटा श्रीमान् छन् । दुई मध्ये एकलाई लिएर जाँदा अर्को रिसाउने भयो नि । त्यसैले कि म मात्र जान्छु कि त दुवैलाई लिएर जान पाउनु पर्छ ।

तपाईले अहिलेसम्म कतै कहिं नभनेको सत्य ?

त्यो सस्पेन्स नै राखौं । कतै पनि नभनेको कुरा तपाईलाई किन भनौं ?

चलचित्रको बारेमा तपाईले सुनेको वाहियात कुरा ?

सिनेमा खेल्ने आशमा नायिकाहरुले निर्माता वा निर्देशकको ओछ्यान तताउनु पर्छ रे ! वाहियात हल्ला ।

भगवानसँग केही सोध्ने अवसर पाउनु भयो भने …….. ?

भनिन्छ ! हिन्दुहरुको धेरै भगवान छन् । यत्तिका भगवान भएको देशमा किन धेरै अपराध, हत्या अनि हिंसा ? भनेर सोध्थेँ ।

तपाई आफूलाई कति प्रतिशत सेक्सी मान्नु हुन्छ ?

सेक्स र सेक्सीलाई प्रतिशतमा हिसाब नगरौं ।

लोग्ने मान्छेको मन नपर्ने पाँच कुरा ?

सर-सफाईमा ध्यान दिंदैनन् । केटीको अगाडि धेरै खर्च गरेर खोक्रो सान देखाउन खोज्छन् । जिम्मेवारी बहन गर्न नसक्ने । देखावटी गर्छन् । केटीभन्दा बढी शंकालु हुन्छन् ।

एक्लै हुनुको तीन फाइदा ?

शान्ति हुन्छ । आˆनो निर्णयमा अरुको हस्तक्षेप हुँदैन र घर फोहोर हुँदैन ।

अनलाइन खवर डटकमवाट साभार गरिएको

Read more

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, चार नेपालीसहित सोह्र को मृत्यु


अफगानिस्तानको कान्दाहरमा एक निजी हेलिकोप्टर दुर्घटना हुँदा चार नेपालीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । कान्दाहर एयर फिल्डमा कार्यरत साधुराम थापाका अनुसार हेलिकोप्टर दुर्घटनामा चार नेपालीको पुष्टि भएपनि उनीहरुको नाम ठेगाना खुल्न सकेको छैन । दुई जना नेपाली भने हाम फालेर ज्यान जोगाउन सफल भएका थापाले बताए । दुर्घटनामा परेका नेपाली सबै सुपि्रम फ्युल कम्पनीका कामदार हुन् । उनीहरु एक महिना अघिमात्र सो कम्पनीमा काम गर्न गएका थिए ।रुसमा निर्मित एमआई-८ हेलिकोप्टर कान्दाहरस्थित एक शिविरबाट उडान भर्न लाग्दा दुर्घटना भएको थियो ।
Read more

पारसलाई अपहरण गर्ने माओवादी योजना


तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरवार हत्याकाण्डबारे बयान लिने- यो योजना थियो माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता लिएको बेला । सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ २०६० मा भङ्ग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाही फेरि सुरु गरेको थियो । राज्यलाई गम्भीर धक्का दिन माओवादीले पारसलाई अपहरण गरेर दरवार हत्याकाण्डबारे बयान लिने र तत्कालीन प्रधानसेनापति प्याराजङ्ग थापाको ‘सफाया’ गर्ने योजना बनाएको थियो ।
त्यही योजनाको पूर्वअभ्यासका क्रममा मारिए बरिष्ठ सैनिक अधिकारी किरण बस्नेत । तर, त्यहीबेला ‘स्पेसल टास्क फोर्स’ का एक सदस्य पक्राउ परेपछि माओवादी योजना सेनाले थाहा पायो । त्यसैले पारसको अपहरण पनि भएन, तत्कालीन प्रधानसेनापतिमाथिको ‘कारबाही’ पनि भएन ।
तत्कालीन प्रधानसेनापति थापामाथि उनको सरकारी निवास शशीभवन झम्सीखेलदेखि प्रधान कार्यालय भद्रकालीसम्म जाँदा वा फर्कंदा पुलचोकस्थित मन्त्री निवास आसपासको क्षेत्रमा कारबाही गर्ने योजना बनेको थियो । तर, माओवादीको उपत्यका ‘स्पेसल टास्क फोर्स’ (एसटिएफ)ले सेनापतिमाथि कारबम आक्रमण गर्नेसम्मको योजना बनाएको थियो । ‘तर तयारीमा रहेको कार ग्यारेजमा समातियो,’ माओवादीका तत्कालीन उपत्यका इन्चार्ज कुमार दाहाल भन्छन् ।
दाहालका अनुसार माओवादीले पारसको अपहरण र सैनिक अधिकारीमाथि कमान्डो कारबाही गर्न ५० जनाको ‘भ्याली स्पेसल टास्क फोर्स’ बनाएको थियो, जसका कमान्डर थिए निश्चल नकर्मी । टास्क फोर्सका ‘मोबाइल’ छापामार खटिन्थे पारसको निगरानी गर्न । यीमध्ये केही गुप्तचरीमा थिए, कोही योजना कार्यान्वयन गर्न ।
‘पारसलाई उनी जाने होटल वा डिस्कोबाट अपहरण गर्ने योजना थियो,’ टास्कफोर्सका एक सदस्यले भने । माओवादी कार्यकर्ता व्यापारीको भेषमा दरबारमार्ग र ठमेलका होटेलहरुमा बस्थे । यसरी बस्दा पारसको दैनिकी जान्न सकिने उनीहरुको विश्वास थियो । टास्क फोर्सले महिनौंसम्म दरबारमार्ग र ठमेलका केही होटेलमा कोठा बुकिङ गरेर पारसको पिछा गरेको थियो । ‘पारसले खाने ठाउँमा हाम्रो टोली पनि पुग्थ्यो, नजिकै बसेर उनको चियो गर्‍थ्यो,’ माओवादीका तत्कालीन उपत्यका इन्चार्ज दाहाल भन्छन्, ‘हामी उनको निकै नजिक पुगेका थियौं । आवश्यकताअनुसार जतिवेला पनि अपहरण गर्नसक्ने अवस्था बनिसकेको थियो ।’
योजना कार्यान्वयनका लागि उपत्यकामा क्रियाशील माओवादी कार्यकर्ता पनि परिचालित थिए । त्यसबेला माओवादीको काठमाडौंमा पवनमान श्रेष्ठ, ललितपुरमा कृष्ण केसी र भक्तपुरमा दिलीप प्रजापति पार्टीको इञ्चार्ज थिए । त्यतिबेला उपत्यकासमेत हेर्ने मध्यकमान्डको इन्चार्ज थिए रामबहादुर थापा ‘बादल’ । त्यस्तै उपत्यकाब्युरो इन्चार्ज थिए दाहाल र उपत्यकासहितको आसपासको क्षेत्र हेर्ने जिम्मा पाएका थिए- कुलप्रसाद केसी ‘सोनाम’ले ।
पारसलाई समात्ने र आधार इलाका (रोल्पा) पुर्‍याउने योजना थियो माओवादीको । ‘उनलाई कुनै पनि हालतमा जिउँदै राख्ने भन्ने थियो,’ तत्कालीन ललितपुर इन्चार्ज कृष्ण केसीले भन्छन्, ‘उनलाई आधार इलाका पुर्‍याउने टिम पनि बनिसकेको थियो,’आज प्रकाशित नयाँ पत्रिका दैनिकले छापेको छ ।
अपहरण योजनामा संलग्न भक्तपुरका सेक्रेटरी बिके श्रेष्ठ, सहसेक्रेटरी रञ्जित, ललितपुरका सेक्रेटरी हीराबहादुर रोकासहित टास्क फोर्सका सदस्यहरु सुचेन्द्र श्रेष्ठ, बुद्धि तामाङ, भीम गिरीलगायत वेपत्ता पारिए । ललितपुरका तत्कालीन इन्चार्ज कृष्ण केसी भने २७ महिनाको वेपत्तापछि रिहा भए । त्यतिबेला पक्राउ गरी भैरबनाथ गणमा राखिएका माओवादी कार्यकर्ताहरुको अझैपनि अत्तोपत्तो छैन ।
Read more

धादिङमा बस दुर्घटना, दुईको मृत्यु


त्रिभुबन राजपथ अन्तर्गत धादिङको नौबिसेमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ४०९४ नम्बरको बस विहान ४ बजे नौबिसे-२ बाहुनडाँडामा सडकबाट असी मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा मृत्यु हुनेमा रुपन्देही मणिग्रामका थानेश्वर पाण्डे र अर्का अन्दाजी ४० बर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।दुर्घटनामा अन्य ३२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको काठमाडौंको बीर अस्पतालमा उपचार भइरहेको छ ।
Read more

एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपालको लगातार तेस्रो जीत


मलेसियामा जारी एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो विजय यात्रा जारी राखेको छ । लगातार तेस्रो जीत हात पार्दै नेपालले कतारलाई आठ वीकेटले हराएको छ । जीत सँगै नेपालको सेमीफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । ४४ रनको झीनो लक्ष पछ्याएको नेपालले ९ दशमलव १ ओभरमा मात्र दुई वीकेट गुमाएर जीत दर्ता गरेको हो । नेपालको जीतमा नीरा राजोपाध्यायले १८, माया रावतले ९ र नेरी थापाले अविजित ६ रनको योगदान दिइन् । यसअघि किन्नरा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ् गरेको कतार १७ दशमलव २ ओभरमा मात्र ४३ रनमा समेटियो । कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सोनु खड्का र रेखा रावलले ३/३ तथा रीतु कनौजिया र रुविना क्षेत्रीले १/१ विकेट लिए । खड्का प्लेयर अफ द म्याच भइन् । कतारका दुई ब्याट्स वुमन रन आउट भएका थिए । लगातार तेस्रो हार व्यहोरेको कतार प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको आफ्नो चौथो खेलमा नेपालले मङ्गलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

Read more

अवको बजेटले केलाई समेटने


राजन घिमिरे rajangh12@yahoo.com

अव आउदो बजेट राजनीतिक दलमूखी नभएर जनतामूखी हुनु आवश्यक छ । यस भन्दा अघिका वजेटका राम्रा Justify Fullपक्षलाई समावेश गरी नराम्रा पक्षलाई हटाई जनता केन्द्रीत वजेट आउनु पर्दछ । हाम्रो देशको बजेट महत्वकाक्षी वनाइन्छ त्यो वजेट कार्यान्वयन गर्न नसक्दा वजेट पि्रुज भएर जान्छ । यसले गर्दा जनताले वजेटबाट खासै उपलब्धी प्राप्त गर्न सकेका छैनन् । बजेट एउटा औपचारीकतामा मात्र सिमित भएको छ । वजेट अनुसार प्रायः कुनै काम हुदैनन् राजनीतिक दल र उनीहरुका भातृ संगठनहरुले विभिन्न वहानामा ठेक्का पट्टाका काममा धेरै वजेट दुरुपयोग गरेको पाइन्छ । यसले जनतालाई सरकारको बजेटप्रति निरासा उत्पन्न गराएको छ । यो पक्कै राम्रो होइन अव वन्ने वजेट यस्ता कमजोरीहरुवाट अलग रही साचो रुपमा जनताको वजेट वन्नु आवश्यक छ । भ्रखर आएको एस।एल।सी। को नतिजावाट पनि थाहा हुन्छ वोडिङ्ग स्कुलको तुलनामा सरकारी स्कुलको नतिजा सन्तोषजनक छैन । त्यसैले पनि सरकारले यस पटको वजेट शिक्षामुखी वनाउनु आवश्यक छ । शिक्षामा गरिएको लगानिले देशलाई भविष्यमा विकासको वाटोमा अग्रसर गराउछ । साथै देशका निम्न तथा मध्यमवर्गिय जनताका छोराछोरीले पढने प्रमाणपत्र तह त्रिभुवन विश्वविद्यालयले फेज आउट गर्ने नीति लिएको छ । बजेट अभावको कारण देखाउदै गर्न लागिएको यस कदमले लाखौ विद्यार्थीहरु मर्कामा पर्ने निश्चित नै छ । त्यसकारण अवको बजेटमा त्रि।वि।sाे प्रमाणपत्र तह वचाई राख्नको लागि केही वजेट छुट्याइनु आवश्यक छ ।
देशमा वेरोजगरी समस्या वढदो छ केही समय अगाडि युवा स्वरोजगार कार्यक्रमा आवेदन भर्नेहरुको लाम देख्दा पनि यस्को पुष्टि हुन्छ । सरकारले युवा स्वरोजगार कार्यक्रमलाई राजनीतिक कार्यक्रता पोस्ने हिसावमा नभै साच्चै वेरोजगार र केही गर्नु पर्छ भन्ने विचार भएका युवाहरुलाई उचीत अवसर दिनेगरी वजेट आउनुपर्दछ । रेमिट्यान्स पनि देशको अर्थतन्त्रको मूख्य स्रोत हो तर युवाहरु उचीत सिपको अभावमा विदेश जानाले त्यहु गएर उनिहरुको विभिन्न किसिमको समस्याहरु झेलिरहेका हुन्छन् । त्यसैले अव आउने वजेटमा विदेशिने युवाहरुलाई विभिन्न रोजगारमुलक तालिमहरु दिई उनीहरुलाई आत्म निर्भर गराउने कुरा समेटिनु आवश्यक छ ।
नेपाल कृषि प्रधान मुलुक भनिएतापनि अिधंकाश किषानहरुलाई वर्षभरि खान पुग्ने अन्न उव्जाउ गर्न पनि गाह्रो छ । नेपालका प्रायः किषानहरु परम्परागत कृर्षिप्रणालीमा निर्भर छन् । उनीहरुलाई आधुनिक र बैज्ञानिक कृर्षिप्रणालीबाट खेति गर्नको लागि सरकारले यथासिघ्र सहयोग गर्नु आवश्यक छ । त्यसको लागि अव आउने वजेटको केही हिस्सा कृषिलाई समेटेर ल्याइनु टडकारो आवश्यकता देखिन्छ । यसो गर्न सकिएमा जनताले अवको वजेटलाई राम्रो र हाम्रो बजेट भन्न सक्नेछन् ।


Read more

२४ दलको बैठक आज बस्ने

आज बिहान ११ बजे संसदमा जारी गतिरोध अन्त्यको उपाय खोज्न संबिधान सभाका २४ वटा दलहरुको संयुक्त बैठक आज बस्दैछ । सत्ताको नेतृत्व गरेको नेकपा एमालेको आह्ावानमा हुन लागेको बैठक अपरान्ह ४ बजे िसंहदरबारमा बस्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले सेनापतीलाई पुर्नबहाली गरेको घटनाले नागरिक सर्वोच्चताको उल्लंघन भएको भन्दै सरकारको नेतृत्व छोडेको एकिकृत नेकपा माओबादीले सदन चल्न दिएको छैन । सदन सुचारु गर्ने बिषयमा एमाले र माओबादीका बिचमा सहमती भए पनि काँग्रेसको अडानका कारण सफल हुन सकेको छैन । बैठकमा हिउदे अधिबेशनको अन्त्य र बजेट अधिबेशनका बारेमा सदन सुचारु गर्ने बिषयमा प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस सभापती गिरिजाप्रसाद कोइरालाबिच पनि छलफल हुँदैछ । कोइरालासंग छलफल गर्न प्रधानमन्त्री नेपाल उहाँको निवासमा हुनुहुन्छ ।
आज संसद दिवस बिभिन्न कार्यक्रमको आयेाजना गरेर मनाइदैछ । २०१६ साल असार १६ गते पहिलो पटक संसद बैठक बसेको दिनको स्मरणमा हरेक बर्ष येा दिवश मनाउने गरिएको छ । संसद दिवशको उपलक्ष्यमा पुर्व सांसद क्लवले दिउसो कार्यक्रमको आयेाजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री संबिधान सभाका अध्यक्ष संबैधानिक निकायका प्रमुख तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहने बताइएको छ ।sार्यक्रम दिउसो ३ बजे हुने क्लवले जनाएको छ । संसद दिवश मनाइरहँदा ब्यवस्थापिका संसदको बैठक भने अवरुद्ध रहेको छ ।सदनलाई लामो समय चल्न नदिएकोमा संबिधानबिद्हरुले दलहरुले सदनको अवमुल्यन गरेको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सभापती गिरिजाप्रसाद कोइराला र अमेरिकी राजदुत न्यान्सी जे पावेलबिच बिहान भेटवार्ता भएको छ । कोइरालालाई भेट्न राजदुत उहाँकोनिवासमा जानु भएको हो । उहाँहरुबिच नेपालको समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको छ । राजदुतले शान्ति प्रकि्रया र संबिधान निर्माणका बारेमा उहाँले जिज्ञासा राख्नु भएको कोइरालाका परराष्ट्र मामला सल्लाहकार डाक्टर सुरेश चालिसेले जानकारी दिनु भएको हो । पावेलले आफु छिट्टै स्वेदेश फर्कने बारे पनि जाकारी दिनु भएको छ ।
Read more

एसएलसी परीक्षाफल प्रकाशित, ६८ प्रतिशत उर्तिण

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको प्रवेशिका (एसएलसी) परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।यस बर्षको एसएलसी परीक्षमा नियमित तर्फ ६८ प्रतिशत र एक्जाम्टेडतर्फ ४७ प्रतिशत परीक्षार्थी उर्तिण भएका छन् । यसबर्षको एसएलसी परीक्षामा ५ नम्वर ग्रेस मार्क दिइएको थियो ।
यस वर्षको परीक्षामा नियमिततर्फ तीन लाख ४४ हजार १ सय ५१ जना र एक्जाम्टेडतर्फ ४७ हजार ५ सय ५२ जना गरी कुल ३ लाख ९१ हजार ७ सय ३ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले बताउनुभयो ।
Read more

माओवादी वैठक स्थगित


पोलिटव्युरो सदस्यहरुले बोल्ने क्रम शनिवार सकिएपछि आजको बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरुले उठाएका प्रश्नको जवाफ आज दिने कार्यक्रम थियो ।बरिष्ठ नेता मोहन वैद्य किरणले राखेको जनविद्रोहको कार्यनीति कार्यान्वयन गर्नुपर्ने प्रस्ताव र अध्यक्ष प्रचण्डको प्रस्ताव मिलाएर परिमार्जित धारणा ल्याउनुपर्ने भएकोले बैठक स्थगित गरिएको स्रोतले जानकारी दिएको छ ।' वर्तमान परिस्थिति र सर्वहारा वर्गको दायित्व’ विषयक राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई समेटेर प्रचण्डले आफ्नो प्रतिवेदन परिमार्जन गर्ने बताइएको छ ।अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा शान्तिपूर्ण संघर्षबाट राष्ट्रपतिको कदम सच्याएर आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरिएको छ ।
Read more

प्रधानमन्त्री-प्रधानसेनापती भेट


शुक्रवार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटन जादै प्रधानसेनापती रुकमाङ्गत कटुवाल ।
Read more

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति


प्रधानमन्त्रीमाधव कुमार नेपालले तोकिएको मापदण्ड पुरा गरेर योग्य ठहरीएका वढीमा पाच हजार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री नेपालले हिजो मात्रै योग्य ५ हजार माओवादी लडाकुलाई सेनामा समायोजन गर्न सकनिे वताउनु भएको थियो । आज बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले ५ हजार माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने प्रधानमन्त्री नेपालको भनाईप्रति आपत्ति जनाएको हो ।
साथै वैठकले प्रधानमन्त्री नेपालले दलहरु वीचको सहमतिलाई लत्ताएर सो अभिव्यक्ति दिनु भएको ठहर गरेकेा छ । बैठकमा वोल्ने अधिकाशं कांग्रेस सभासदहरुले दलहरु वीच सहमति नै नगरी प्रधानमन्त्री एक्लैले ५ हजार लडाकुलाई सेनामा समायोजन गर्छु भननु त्यो व्यक्तिगत धारणा हुन सक्ने निष्कष्र्न निकालेका थिए ।
Read more

उप नेतामा प्रकाशमान िसंह


नेपाली काग्रेसको संसदिय दलको उपनेतामा प्रकाशमान िसंह मनोनयन भएका छन् । विहिवार काग्रेस संसदिय दलको कार्यालय िसंहदरवारमा वसेको बैठकले सिंहलाई उपनेता बनाउने नेता रामचन्द्र पौडेलको प्रस्तावलाई समर्थन गरेको थियो । सिंह पार्टीको उपसभापति हुन् तथा केही दिनअघि भएको संसदीय दलको नेताको चुनावमा सिंह पौडेल पक्षमा लागेका थिए।
Read more

नेपाल विद्युत प्राधिकरणको काण्माण्डौको लोडसेडिङ्ग तालिका

Read more

प्रहरीद्धारा ख्यातिको टाउको फेला


अपहरणपछि टुक्रा टुक्रा पारि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठको टाउको प्रहरीले फेला पारेको छ । जेष्ठ २द्द गते अपहरणमा परेकी श्रेष्ठको टाउको आज विहान राजधमनीको रानीवनमा फेला परेको प्रहरीले जनाएको छ । श्रेष्ठको हत्यामा संलग्न वीरेन्द्र श्रेष्ठले दिएको वयानका आधारमा प्रहरीले ख्यातीको टाउको फेला पारेकेा हो । श्रेष्ठले ख्यातीको अपहरण पछि वलात्कार गरी हत्या गरेको र तयसपछि मृतक श्रेष्ठको शवलाई टुक्रा टुक्रा पारी चितवन र ललितपुरका विभिन्न सथानमा फालेको स्विकार गरेका छन् ।

यसैविच घटनामा आरोपति १७ वािर्षाया मेरिना शाक्यको घरवाट प्रहरीले रकम वरामद गरेको जनाएको छ । प्रहरीका अनुसार सो रकम फिरौतीवापत उठाइएको हुन सक्ने संभावना छ । स्रोतका अनुासार प्रहरीले करिव ४ लाख रकम वरामद गरेको छ ।उता १० विद्यार्थी संगठनको आज वसेको वैठकले राजधानीका शैक्षिक संस्थामा अपराधिक घटना वढदै गएकोमा चिन्ता ब्यक्त गर्दै अपराधिलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।
Read more

पोलिटव्यूरो बैठक आज सातौ दिन पनि जारी


सरकार छाडेर प्रतिपक्षको भूमिका खेलेको एकिकृत नेकपा माओवादीको पोलिटव्यूरो बैठक आज सातौ दिन पनि जारी छ । राजधानीको कोटेश्वरमा स्थित मजदुर भवनमा आज मध्यन्हवाट शुरु भएको वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल भैरहेकेा छ । वैठकमा प्रस्तुत पार्टी अध्यक्ष प्रचण्डको सो प्रतिवेदन माथि पोलिटव्युरो सदस्यहरुले धारणा राख्ने क्रम वाकी रहेकाले जानरी वैठक लम्विएको माओवादी स्रोतले जनाएको छ । वैठकमा प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्ने अिधंकाश सदस्यहरुले पार्टीले जनमुखि संविधान र राष्ट्रिय संघियताको लागि आन्दोलन गर्नु पर्नेमा जोड दिएको बुझिएको छ । साथै वैठकमा सरकारवाट वाहिरिएपछि पार्टीले खेल्नुपर्ने भूमिका शान्ति प्रकृया राष्ट्रपतिको असंवैधानिक कदम लगायतका विषयमा पनि छलफल भैरहेको बुझिएको छ ।
Read more

मानव खप्पर र मृत मानिसका विभिन्न दृष्यहरु












































































































































































Read more

काग्रेस केन्द्रीय समितिको बैठक बस्यो


पार्टी महाधिबेशनको तयारीका बिषयमा छलफल गर्न नेपाली काङग्रेस केन्द्रीय समितिको बैठक अहिले बसीरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान साढे आठ बजेदेखि जारी बैठकमा पार्टी महाधिबेशनको तयारीका बिषयमा छलफल हुने एक नेताले वताउनु भयो । पार्टी महाधिबेशन भदौमै गर्नुपर्ने भएपनि नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस -प्रजातान्त्रिक बीचको पार्टी एकीकरण पछि पार्टीको बिधान तयार नभएकोले महाधिबेशन हुन सकिरहेको छैन ।
Read more

काग्रेस संसदिय दलको नेतामा पौडेल


काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई १३ मतले पराजित गरेर उपसभापति रामचन्द्र पौडेल काँग्रेस संसदीय दलको नेतमा विजयी भएका छन् । असार ६ गते साँझ भएको मतदानमा पौडेलले ६१ तथा देउवाले ४८ मत प्राप्त गरेका थिए । मतदानमा १ सय १४ मध्ये १ सय ९ सभासद्ले मतदान गरेका थिए । संसदीय दलको नेता चयनका लागि भएको पहिलो चरणको मतदानमा देउवाले ४५, पौडेलले ३९, कुलबहादुर गुरुङ्ग र सुप्रभा घिमिरेले १२/१२ मत प्राप्त गरेका थिए । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत अर्थात ५८ मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका देउवा र पौडेलवीच पुनः प्रतिस्प्रर्धा भएको थियो ।
Read more

सरकारद्धारा राष्ट्रपतिको कदमलाई वैधानिकका

मन्त्रीपरिषदको पहिलो वैठकले राष्ट्रपतिको कदमलाई वैधानिक ठान्दै माओवादी नेतृत्वको सरकारले गत बैशाख २० गते प्रधानसेनापती रुक्मागंत कटवाललाई हटाउने र रथी कुलवहादुर खडकालाई कायममुकायम सेनाप्रमुख वनाउने निर्णय वदर गरेको छ । तत्कालिन माओवादी नेतृत्वको सरकारले सेनापतिलाई राष्ट्रपतिले अर्को निर्णय नभएसम्म यथास्थानमा रहनु/काम गर्नु भन्ने निर्देशन असंवैधानिक भनी गरेको निर्णयसमेत मन्त्रिपरिषदले रद्द गरेको छ । पुर्ववर्ति सरकारले सेनापती हटाउने निर्णय वदर गरेको छ र यस निर्णयवाट माओवादी आक्रोसित वनेको छ । माओवादीले आफ्नो सरकारको नेतृत्वको निर्णयहरु उल्टाउदै गएको भन्दै एमाले नेतृत्वको सरकारसाग तत्काल कुनै संवादको संभावना नरहेको वताएको छ ।
Read more

कहिले पाउला पूर्णता



प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति निवासमा राष्ट्रपतिको उपस्थितिमा मन्त्रीहरुलाई सपथ खुवाउदै
Read more

एमाले सभासदद्धारा नेतृत्वको आलोचना

प्रधानमन्त्री माधवकुमार नेपालले आजै मन्त्री परिषदको विस्तार भै सरकारले पूर्णता पाउने दावी गर्नु भएको छ । सरकार गठन भएको लामो समय वितिसक्दा पनि मन्त्री परिषदको विस्तारमा विवाद उत्पन्न भैरहेको वेला प्रधानमन्त्री नेपालले आज एमाले संसदिय दलको वैठकमा सो कुरा वताउनु भएको हो । मधेशवादी दलहरुले धेरै मन्त्रालयको माग गरेका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई भइरहेको प्रधानमन्त्रीले वताउनु भयो । साथै वहाले आजै गठवन्धनकारी दलहरुसँग सहमति जुटाई आजै अपराहन्न मन्त्रीहरुको सफत गराउने वताउनु भयो ।
त्यसैगरी वहाले नेपाली सेनाका रथी कुलवहादुर खडकालाई सरकारले सम्मान जनक रुपले विदाई गर्ने तयारी गरीरहेको खुलासा पनि गर्नुभयो । वैठकमा एमाले सभासदहरुले पार्टी नेतृत्वको आलोचना गर्दै हारेकालाई सरकारमा पठाएर पार्टीको वदनाम गरेको भन्दै रोस प्रकट गरेका थिए । त्यसैगरी उनीहरुले वर्तमान सरकारले वेरोजगारलाई रोजगार दिए जस्तै हारेकालाई मन्त्री वनाएको भन्दै पार्टी पंक्तिको आलोचना गरेका थिए । साथै उनिहरुले राष्ट्रपतिको पछिल्लो कदम संवैधानिक हुन नसक्ने वताएका थिए । वैठक पसर्ि सम्मका लागि स्थगित भएको छ ।
Read more

राष्ट्रपतिद्धारा काग्रेस र एमालेका नेताहरुसँग परामर्श

राष्ट्रपति डा रामवरण यादवले मन्त्रीपरिषद विस्तारमा ढिलाई र विभिन्न विषयमा नेपाली काग्रेस र नेकपा एमालेका नेताहरुसाग परामर्श गर्नु भएको छ सोमवार साझ राष्ट्रपति निवास पुगेका एमाले अध्यक्ष झलनाथ खनालसहितका एमाले नेता तथा कांग्रेस कार्यवाहक सभापति शुशिल कोइराला लगायतसंग राष्ट्रपतिले सरकार गठनमा भएको ढिलाइबारे चासो राख्नुभएको थियो ।

भेटमा सहभागी स्रोतका अनुसार राष्ट्रपतिले सरकार गठन नहुँदा जनताको धैर्यता टुटन लागेको भन्दै तत्काल यसबारे सहमति जुटाउन पहल गर्नुपर्ने बताउनुभएको थियो ।
Read more

पाच दलको वैठक वालुवाटारमा

शक्तिशालि मन्त्रालय वाडफाड र त्यसमा रहेको असन्तुष्टिको विषयमा छलफल गर्न नेकपा एमाले नेपाली काग्रेस र मधेशवादी दलहरुको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री नेपालका साथ नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, सचिब शङ्कर पोख्रेल, भीम रावल, नेपाली काङ्ग्रेसका महामन्त्री बिमलेन्द्र निधि, मधेशी जनअधिकार फोरमका बिजयकुमार गच्छदार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भाबनाका राजेन्द्र महतो सहभागी हुनुहुन्छ ।
Read more

बन्दले जनजीवन प्रभावित


एकिकृत नेकपा माओवादीले राजधानीमा आफ्ना कार्यकर्ताको हत्याको विरुद्धमा गरेको वन्दको क्रममा सुनसान सडक
Read more

कानुन हेरफेर गरेर भएपनि कारवाही गर्ने

प्रधानमन्त्री माधवकुमार नेपालले अपहरण सम्वन्धी वर्तमान कानून हेरफेर गरेरै भए पनि अपहरकारीलाई कडा कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राजनधानी लगायत मुलुकका विभिन्न स्थानहरुमा अपहरणको घटना वढदै गइरहेका वेला प्रधानमन्त्री नेपालको सो प्रतिवद्धता आएको हो । अपहरणको घटना वढदै गएपछि त्यसको नियन्त्रण र अपराधीलाई कडा कारवाहीको माग गर्दै आज प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र वुझाउन पुगेका अभिभावक संघका प्रतिनिधिहरुसँग प्रधानमन्त्री नेपालले अपहरणमा संलग्नक जो कोही भए पनि अव उमकन नदिने वताउनु भएको हो ।
प्रधानमन्त्री नेपालले प्रेश माथी आक्रमण गर्नेलाई कडा कारवाही गर्ने वताउनुभएको छ । आज रिपोर्टस नेपालको अगुवाइमा प्रधानमन्त्री नेपाललाई ज्ञापनपत्र वुझाउन गएको पत्रकारको टोलीलाई वहाले सो कुरा वताउनु भएको हो ।
Read more

दलहरुलाई मिलेर जान आग्रह

मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरीकि सहायक विदेसमन्त्री रोवर्ट व्लेकले नेपालका दलहरु मिलेर अघि बढनुपर्नेमा जोड दिनु भएको छ । सहाकमन्त्री व्लेकले आफ्नो २ दिने नेपाल भ्रमणको अन्त्यमा आज विहान पत्रकार सम्मेलनको आयोजना गरुी दलहरुलाई मिलेर अघि वढन सुझाव दिनुभएको हो । व्लेकले नेपाल सामु शान्ती प्रकृयालाई तार्किक निषकर्षमा पुर्याउन र नयाँ संविधानको निर्माण गर्नुजस्ता महत्वपुर्ण काम रहेकाले दलहरु मिलेर बढनुको विकल्प नरहेको वताउनुभएको छ । साथै उहाले एकिकृत माओवादी शान्ती प्रकि्रयामा आएर पनि िहंसात्मक गतिविधिवाट मुक्र हनु नसकेको आरोप लगाउनु भयो ।
गठवन्धनकारी दलहरुकै कारण सरकार गठनमा ढिलाई
प्रधानमन्त्री माधवकुमार नेपालले गठवन्धनकारी दलहरुकै कारण सरकार गठनमा ढिलाई भइरहेको बताउनु भएको छ । उहाले यो सरकारले हतारमा भन्दा जनताको जनभावना अनुरुप काम गर्ने वताउनु भयो ।
Read more

शैलजाको अन्त्योष्टि


कांग्रेस नेतृ शैलजा आचार्यको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ भाई प्रदिपले वहालाई दागवत्रि दिनुभएको थियो । आचार्यलाई अन्तिम संस्कार गर्नुअघि उहाँको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी कार्यालयमा ठूलो सङ्ख्यामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु, बुद्धिजीवी, पत्रकारहरुको घुइँचो थियो । यसअघि स्वर्गीय आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, सभामुख सुवासचन्द्र नेम्बाङ, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एकीकृत नेकपा माओवादीका नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र पम्फा भुसालले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
Read more

संसार छोडिन शैलजाले


प्रजातन्त्रकि योद्धा तथा लामो समयदेखि थला परिरहेकि काग्रस नेतृ शैलजा आचार्यको ६७ वर्षको उमेरमा आज विहान निधन भएको छ । निमोनिया लगायत रोगबाट पीडित आचार्यको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा बिहान साढे चार बजे निधन भएको हो । थाइल्याण्डको राजधानी ब्याङ्ककमा उपचार गराएर नेपाल फर्किनुभएकी आचार्यको स्वास्थ्यमा खराबी आएपछि पुनः महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचार गरिएको थियो । दुई महिनापछि अस्पतालबाट डिस्चार्ज हुनुभएकी आचार्यलाई रक्तचाप, मुटु र नाडीको धड्कन रोकिएको अबस्थामा गत बुधबार पुनः शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।२०१७ सालमा संसदीय अबस्थाको अन्त्य गरिएपछि उहाँले युवा अबस्थामै तत्कालीन राजा महेन्द्रबिरुद्ध कालो झण्डा देखाइ प्रजातान्त्रिक आन्दोलनको झण्डा उठाउनु भएको थियो । मुलुककै पहिलो महिला उपप्रधानमन्त्री बन्नुभएकी आचार्यले सत्तामा रहँदा भ्रष्टाचार बिरोधि अभियान थाल्नुभएको थियो ।
Read more

एमाले-माओवादी वैठक निष्कर्षहीन

एमाले र माओवादीको मंगलवार भएको छलफललाई अन्तिम रुप दिन आज बसेको दुई दलका नेताहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ । एमालेले तयार पारेको मस्यौदाको पहिलो नम्बरको बुँदामा उल्लेख प्रधानसेनापतिलाई कारबाही पछि दलहरुबीच उत्पन्न विवाद आपसी सहमतिमा टुङ्ग्याउने भन्ने बुँदामा माओवादीले असहमति जनाएको हो । माओवादीले दलहरुबीच उत्पन्न विवादलाई नभइ प्रधानसेनापतिको कारबाहीलाई नै आपसी सहमतिमा मिलाउनुपर्ने अडान राखेको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमलाई सरकारले उल्ट्याउने आसयको बुँदामा पनि माओवादीले असहमति जनाएको छ । माओवादीले प्रधानसेनापतिले चालेको कदम असंबैधानिक भएको भन्दै राष्ट्रपतिले कदम सच्याउनुपर्ने अडान दोहोर्‍याएको छ ।
Read more

क्या सुहाएको

नेपाली पोशाकमा वाराक ओवामा
Read more

यादव र गचदार समुहविच झडप

म ज अ फो को उपेन्द्र यादव र विजयकुमार गच्छेदार समूहबीच बीरगन्जमा झडप भएको छ । केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका बेला नारावाजी गर्न पुगेको समूहलाई प्रतिकार गर्दा सभाषद दुर्गादेवी पासवानसहित फोरम गच्छेदार समूहका ७ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको टाउको फुटेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले डाकेको बैठकमा संसदीय दलका नेता विजयकुमार गच्दारसहित कारबाहीमा परेका सात जनालाई बोलाइएको छैन । गच्छदार पक्षले मङ्गलबार नै आफ्नो समूह आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । यता, गच्छदार समूहको केन्द्रीय कमिटीको बैठक पनि ललितपुरमा बसिरहेको छ । बैठकमा संस्थापन पक्षबाट विभाजित भएपछिको अवस्था र भावी योजनाका विषयमा छलफल भइरहेको बताइएको छ ।
Read more

माओवादी सेना व्यवस्थापन प्रमुख प्राथमिकता

प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकारको माओवादी सेना समायोजन प्रमुख प्राथमिकता भएको वताउनु भएको छ साथै संविधान निर्माण र शान्तिप्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने सरकारको प्राथमिकता रहेको बताउनु भयो वहाले प्रेस चौतारीको प्रतिनिधिमण्डलसँग कुरा गर्दै वर्तमान सरकारलाई पूर्णता दिन तथा अवरुद्ध संसद सुचारु गर्न आफू प्रयासरत रहेको पनि उल्लेख गरे । प्रधानमन्त्रीले शान्तिसुरक्षाको स्थिति सुधार्नु तथा जनतालाई राहत पुर्‍याउनु पनि सरकारको प्राथमिकता रहेको बताए । एमालेसम्वद्ध पत्रकारहरुको संस्था प्रेस चौतारीको टोलीले प्रधानमन्त्रीलाई निवास बालुवाटारमा गएर ज्ञापनपत्र दिएको थियो।
Read more

एमालेको प्रस्ताव सकारात्मक रहेको माओवादीको भनाई

नेकपा माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले नागरीक सर्वोच्चता समेटिनेगरी संसदमा संवोधन गरे संसद अवरुद्ध सुचारु गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको सचिबालय बैठकले मङ्गलबार ललितपुरको गोदावरीमा शीर्ष नेताहरुबीचको बैठकमा एमालेले राखेको प्रस्तावलाई सकारात्मक रुपमा लिने पनि निर्णय गरेको छ । माओवादी माग समेटिने गरी प्रधानमन्त्रीले सम्बोधन गरे पार्टी भित्र छलफल पछि आन्दोलन फिर्ता लिइने प्रबक्ता शर्माले जानकारी दिनुभयो
Read more

आन्दोलनै आन्दोलन

यादव पक्षधर मधेशि जनअधिकार फोरमले गचछदार विरुद्धमा निकालेको विरोध र् यािल
Read more

गच्छेदारको कारवाही फिर्ता हुदैन

राजन घिमिरे
मधेशि जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संसदिय दलका नेता विजयकुमार गच्छदारको कारवाही फिर्ता नहुने वताउनु भएको छ । काठमाडौंमा आयोजित एक आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले ‘गच्छेदारलाई पार्टी फुटाउने नाइके’को संज्ञा दिनुभयो । ‘गच्छेदार सत्ता र सरकारका खेलाडी हुन् उनी दलहरुलाई तोडफोड गर्न र जोड्न माहिर छन् उहाँले भन्नुभयो । अध्यक्ष यादवले पार्टी फुटाउन सक्रिय रहेको कारणले २२ जना केन्द्रीय सदस्यको बहुमतको निर्णयका आधारमा गच्छेदारसमेतका सातजनालाई पार्टीबाट निष्काशन गरिएको बताउनुभयो । पार्टीको राजनीतिक समितिमा कारवाही गर्ने बहुमत छैन नि भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष यादवले भन्नुभयो गच्छेदारको मधेस आन्दोलनमा कुनै भूमिका नभए पनि सबैलाई समेट्ने उद्देश्य फोरमले लिएको बताउनुभयो । तपाईहरुलाई प्रचण्डको पुच्छर भएको आरोप छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो प्रचण्डको अध्यक्षतामा हामीले बैठक डाकेका छैनौं । यादवले पार्टीले कारवाही गरेका ब्यक्तिहरुलाई सभाषदबाट हटाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले फोरमका बहुमत सभाषद आफ्नो पक्षमा रहेको दावी गर्नुभयो ।
Read more

रुपन्देहिका विभिन्न गा वि स मा र्कफ्यू

विहे भोजमा झुक्याएर गाइको मासु खुवाएको आरोपमा विरोधमा उत्रेका स्थानियवासि र सुरक्षाकर्मिविचको शनिवार दिउसो विष्णुपुरा ७ गिदैयामा झडप हुदा एक दर्जनभन्दा वढि घाइते भएका छन् । विवादका कारण दिउसो साढे २ वजेवाट विष्णुपुरा र त्यस आसपासका गा वि स स मा निषेधात्रा जारी गरिएको थियो झडपमा सुरक्षाकर्मी तर्फ ६ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरिले हवाई फायर समेत गरेको थियो । भिडले प्रहरीका दुई गाडि तोडफोड समेत गरेका थिए ।
Read more

तमलोपा सरकारमा जाने

तमलोपाले एमालेको नेतृत्वमा रहेको सरकारमा सरकारमा सहभागि हुने निर्णय गरेको छ ।
Read more

फोरम स्पष्ट रुपमा दुई चिरा

राजन घिमिरे
पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा गएको आरोपमा मधेशी जनअधिकार फोरम संसदिय दलका नेता विजयकुमार गक्षदार सहित सात जनालाई पार्टीवाट निष्कासित गरेको छ । फोरम अफ दुई चिरामा स्पष्ट रुपमा देखिएको छ । यो संगै एमाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । पार्टी नीति बिपरित सरकारमा सहभागी भएको भन्दै फोरमले गच्छेदारसहित फोरम संसदीय नेताहरु रामजनम चौधरी, प्रवक्ता जितेन्द्र देव, शरतसिंह भण्डारी, रामेश्वर राय यादव, उपेन्द्र झा र रत्नेश्वर गोइतलाई पार्टीबाट निष्काशन गरेको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । यादवले भन्नुभयो,- पार्टी विरोधी गतिविधि गरेको, मधेस विरोधी गतिविधि गरेको, मधेस आन्दोलनलाई अपमान गरेको, शहिदहरुलाई अपमान गरेकोले आजैबाट पार्टीबाट निस्कासन गरेको घोषणा गरिन्छ । उहााले संविधानविपरित प्रधानमन्त्री माधवकुमार नेपालले सत्तामा टिक्न मधेसविरोधी गतिविधि गरेको यादवले आरोप लगाउनुभयो । गच्छेदारको पक्षमा लाग्न कोटेश्वरनिवासमा गठवन्धन भएको र आफुलाई सर्मथन गरे रातारात करोडपति बनाइदिने प्रलोभन दिइएको यादवले दावी गर्नुभयो । गच्छेदारको पक्षमा हस्ताक्षर गर्ने ३२ मध्ये अन्य सभासदलाई पार्टीमा र्फकन संस्थापन पक्षले आह्वान गरेको छ ।
Read more

विरोध कहिले सम्म

राष्ट्रपतिको कदम, नागरीक सर्वोच्चता र भारतीय सेनाद्धारा नेपाली जनतामाथिको हस्तक्षेपको विरोधमा निकालिएको र् यालिमा बाबुराम भथराई लगाएतका नेतहाहरु
Read more

फोरद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

राजन घिमिरे
मधेशी जनअधिकार फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ मधेशी जनअधिकार फोरमका संसदिय दलका नेता विजयकुमार गच्छदार पार्टीको निर्णयविपरीत सरकारमा गएकोले समर्थन फिर्ता आज फिर्ता लिने एक नेताले बताए । उप-प्रधान तथा भौतिक निर्माण योजना मन्त्री विजयकुमार गच्छदारलाई आफ्नै कार्यकर्ताले आफ्नै पार्टी कार्यालयमा आज कालो झण्डा देखाएका छन् ।
Read more

क्यान्सर होला

वाराक ओवामा चुरोट खादै source: www.nepalmother.com
Read more

काग्रेसवाट सरकारमा जनेको नाम प्रधानमन्त्रीलाई बुझाइयो

राजन घिमिरे–
कांग्रेसवाट सरकारमा जानेको नाम प्रधानमन्त्रीलाई बुझाइयो सरकारमा सुजाता कोइरालाले नेतृत्व गर्ने टोलीमा डा. प्रकाशसरण महत, डा मिनेन्द्र रिजाल, बालकृष्ण खाँड, पूर्णकुमार शर्मा र उमाकान्त चौधरी रहेका छन्
Read more

कोइरालाले वोलाएको बैठकमा वरिष्ठ नेताहरु अनुपस्थित

राजन घिमिरे
नेपाली कांग्रसका सभापति तथा भूतपुर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराले वोलाएको वैठकमा पार्टीका वरिष्ट नेताहरु अनुपस्थित रहे कोइरालाले आफ्नी छोरी सुजता कोइरालाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने सम्वन्धमा छलफल गर्न वोलाइएको बैठमा वरिष्ठ नेताहरु अनुपस्थित रहेको वताइएको छ । सुजता कोइरालाको नेतृत्वमा काग्रेस सरकारमा जाने सभापतिले वताएपछि काग्रेसका वरिष्ठ नेताहरुमा असन्तुष्टि वढेको हो । यसैलाई लिएर कार्यवहाक सभापति शुसिल कोइराले राजीनामा दिन सक्ने वताएका छन् ।
Read more

काग्रेसको नेतृत्व सुजताले गर्ने नेताहरुवीच विभाद


राजन घिमिरे–
नेपाली काग्रेसका सभापति कोइराले छोरी सुजतालाई काग्रेसको तर्फवाट सरकारको नेतृत्वमा सहभागि गराउँन आग्रह गरेका छन् । आफ्नो निवास महाराजगंन्जमा मन्त्रीपरिषद विस्तारवारे छलफल गर्न आएका प्रधानमन्त्री माधबकुमार नेपाललाई छोरीलाई परराष्ट्रमन्त्रालय सहित सरकारको नेतृत्वमा लैजान आग्रह गरेका थिए । सँगै बसेका पार्टी वरिष्ट नेता शेरवहादुर देउवा कार्यवहाक सभापति सुशील कोइराला उपसभापति रामचन्द्र पौडेल महामन्त्री विमलेन्द्र निधीलगायत नेताहरु निर्णयप्रति असन्तुष्टि जनाउदै केही प्रतिकि्रया दिएनन् । कोइराला छोरी सुजता संविधानसभा निर्वाचनमा पराजित भएकि थिइन र तत्कालिन माओवादी सरकारले प्रधानसेनापती रुकमागत कटवाललाई कारवाही गर्दा उनले समर्थन गरेकि थिइन । उनलाई स्पष्टिकरण लिने भनिएतापनि स्पष्टिकरण लिइएको थिएन् ।
Read more

६१ सुत्रिय साझा कार्यक्रम तयार

राजन घिमिरे
सरकार साचालनको साझा कार्यक्रम बनाउन गठित नेकपा एमाले नेपाली काग्रेस मधेशी जनअधिकार फोरम र तमलोपमाको संययुक्त कार्यदल ६१ सुत्रिय न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ । आज विहान िसंहदरवार स्थित एमाले संसदिय दलको कार्यलयमा बसेको सो बैठकले विभिन्न आठ शिर्षक र उपशिर्षकमा गरी ६१ सुत्रिय कार्यक्रमको मस्यौदा तयार पारेको हो ।
Read more

रथी खडकालाई कारवाही गर्ने

राजधानि दैनिकिले आजको अंकमा रथि कुलवहादुर खडकालाई विभागिय कारवाहि गर्ने तयारी गरेको समाचार छापेको छ । माओवादी नेतृत्वको सरकारले निर्णय गरेर नेपाली सेनाको चेन अफ कमाण्ड तोडेको राष्ट्रिय सेनाको एकतामा खलवल पुर्याएको आरोपमा खडकामाथि कारवाही गर्न लागेको रक्षामन्त्री भण्डारीको भनाईलाई समाचारमा छापिएको छ ।
Read more

बन्दले जनजीवन प्रभावित, ठाउँठाउँमा झडप

राजन घिमिरे–
नेवा स्वायत्त राज्यको माग गर्दै नेवा स्वायत्त मका समितिले आज काठमाडौं लगायतका नेपाल मण्डल बन्द गरेका छन बन्दले जनजीवन प्रभावित भएको छ । बन्द्रका क्रममा प्रहरी आन्दोलनकारी विच झडप भएको थियो । प्रदर्शनकारीले साचारकर्मीको समेत साचारयातायात समेत चल्न दिएका थिएनन् । उपत्यकाका सहित तीन जिल्ला सहति वरीपरिका १२ जिल्लालाई नेपाल मण्डल घोषणा गरेका नेवाः स्वायत्तमकाले त्यस क्षेत्र स्यत्त माग गरी आज बन्दको घोषणा गरेको हो । १२ वर्ष पहिला आजकै दिन यो भाषा सरकारी कामकाजको रुपमा प्रयो भएको थियो । पाटन कालीमाटि बल्खु क्षेत्रमा प्रहरी र प्रदर्शनकारी विच झडप भएको थियो । कपनमा नेपाल विद्यार्थी संघका कार्यक्रताले वन्द आहवानकर्तामाथि आक्रमण गरेको मोर्चाले जनाएको छ ।
Read more

बन्दै बन्द

Picture Source: Himalkhabar.com
माओवादी समवन्धीत नेवा मुक्ति मोर्चाले राजधानीमा १८ को बन्द कार्यक्रम सफल पार्नको लागी पूर्वसन्धामा निकालेको जुलुस
Read more

माओवादीद्धारा संघर्षका कार्यक्रम घोषणा

राजन घिमिरे–
राष्ट्रपतिको कदमविरुद्ध आफ्नो पार्टीले सदनमा दर्ता गराएको संकल्प प्रस्ताव अस्विकृत भएको विरोधमा एकिकृत नेकपा माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । एकिकृत नेकपा माओवादी सचिवालयको आज विहान बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । बैठक पछि माओवादी प्रवक्ता दिनानाथ शर्माले राष्ट्रपतिको असंबैधानिक कदमविरुद्ध जेठ महिना भरिका लागि आन्दोलनका कार्यक्रम तय गरिएको जानकारी दिनुभएको छ । वहाँका अनुसार जेष्ठ २० गते ७५ वटै जिल्लाका जिलला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिने र २१ गते देखि जेठ महिना भरी पार्टी अन्तर्गतका मोर्चा र जनवर्गिय संगठनहरुले गा।वि।स। स्तरीय र जिल्ला स्तरीय र् याली धर्ना र सभ ा गर्ने कार्यक्रम तय भएको छ । वहाँले आन्दोलनलाई व्यवस्थि तगर्न मोहन वैंधको संयोजकत्वमा एक संघर्ष समिति समेत गठन गरिएको जानकारी दिनुभयो ।
Read more

यो पनि

२०६०-०२-१९ गते प्रधानमन्त्री बन्नको लागि माधव नेपालले दरवारमा चढाएको विन्ती पत्र
Read more

कंाग्रेसमा मन्त्री छान्ने जिम्मा कोइरालालाई

राजन घिमिरे-
नेपाली कांगेसले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्न पार्टी सभापति गिरीजाप्रसाद कोइरालालाई जिम्मेवाी दिएको छ । केन्द्रीय कार्यसमीतिको पार्टी कार्यालय सानेपामा वसेको बैठकले सरकारमा जाने व्यक्तिहरुको चयन गर्न नसकेपछि कोइरालालाई जिम्मा दिएको हो । अव सरकारमा कसलाई पठाउने भन्ने जिम्मा सभापतिलाई दिइएको छ । वैठकले महामन्त्री कुलवहादुर गुरुङ्गको सरकारमा जान नहुने प्रतिवेदन अस्विकृत गरेको छ । गुरुङ्गले सरकारमा जाने वहुमत सदस्यको निर्णय स्विकार गरेका छन् र सरकामा सहभागि भई सरकारलाई वलियो वनाउने निर्णय समेत वैठकले गरेको छ ।
Read more

नयाँ नेपालका भूपु प्रधानमन्त्री

तस्विर सोस्र: upendrarasharma.blogspot.com
नेपाली जनताका नागरीक समाजका प्रधानमन्त्री अनि अति तिन पति पशुपति राष्ट्रपति सेनापतिले बहिरगम गराएका नयाँ नेपालका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल ज्यू ।

Read more